कावासोती , वैशाख १४
कावासोती नगरपालिकाका मेयर विष्णु भुषालले सिमा विवादका कारण टरुवातालको संरक्षणको कार्य अन्यौलमा परेको बताउनुभएको छ ।
आज कावासोती नगरपालिकाद्धारा आयोजित दोश्रो सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भुषालले तालको संरक्षण एवं संवर्धनकालागि काम गर्न खोजेपनि सिमा विवादका कारण रोकिएको बताउनुभएको हो ।
उहाँले संघिय सरकार र स्थानिय सरकारको लागत सहभागितामा ७ करोड बजेट बिनियोजन गरेर ठेक्का सम्झौता भैसकेको अवस्थामा वडा नं. ७ र ८ का स्थानिय विच सिमाको विषयलाई लिएर विवाद उत्पन्न भएपछि ठेकेदारले ठेक्का सम्झौता तोडेकोले उक्त विषयमा नयाँ ढङ्गबाट कार्य अगाडि बढाउनुपर्ने बताउनुभयो ।
बाईट
त्यस्तै उहाँले कावासोती नगरपालिकामा पर्ने केरुङ्गे खोला एवं नारायणि नदिकिनार आसपासको क्षेत्रमा वर्षेनि हुने गरेको डुबानलाई रोक्ने योजनाहरुकालागि पछिल्लो २,३ महिनादेखि बजेटको तलास गर्दै विभिन्न ठाउँ धाईरहेको दावि गर्नुभयो ।
बाईट
सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित व्यक्तिहरुले नगरपालिकाको विभिन्न कामकारवाहिका सन्दर्भमा पारदर्शिता नदेखिएको, स्थानिय सरकारले गर्न सक्ने योजनाहरुपनि सञ्चालन एवं कार्यान्वयन गर्न नसकेको लगायतका प्रश्न उठाएका थिए, सहभागिहरुबाट उठेका प्रश्नको जवाफ दिँदै कावासोती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले जवाफ दिनुभएको थियो । पौडेलले नगरपालिकाले योजनाहरु बनाएर पनि कार्यसम्पादनकोलागि प्रयाप्त बजेट नहुँदा समस्या हुने गरेको भन्दै आगामि वर्षको बजेटमा स्थानियहरुको मागलाई सम्बोधन गर्ने गरि हरसम्भव प्रयास गरिने बताउनुभयो ।
नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा कावासोती नगरपालिकाको उपप्रमुख फुलकुमारी थनेत, नगर प्रवक्ता एवं वडा नं. ३ का वडाध्यक्ष डोरमान गिरि सहित विभिन्न वडा सदस्यहरु, कार्यपालिका सदस्य एवं कर्मचारि लगायतको उपस्थिति रहेको थियो । दिपेन्द्र रेग्मी , रेडियो कावासोती
प्रतिक्रिया दिनुहोस