३ जेठ २०८२ शनिबार | 17 May 2025 Sat

मोटरसाइकल दुर्घटनामा नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य पौडेलको मृत्यु

  • समर रानाभाट
  • २ महिना अघि
  • पाठक संख्या १५९

  • तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ ।

    पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा शुक्ला ५ बेलचौतारा ५२ वर्षीय पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचरका लागि जिपी कोइराला अस्पताल पुर्‍याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए ।