घिरिङ : तनहुँको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न भएको छ। घिरिङ गाउँपालिकाको वडा नम्बर १ पुटारमा रहेको उक्त शिक्षालयमा गत फागुन २१ गते देखि सञ्चालन भएको ६५ दिने तालिम वैशाख २५ गते सम्पन्न भएको हो। तालिममा सहभागी हुन न्यूनतम कक्षा १० पास हुनुपर्ने यस तालिममा तनहुँ, गोर्खा, लमजुङ, पाल्पा र स्याङ्जा लगायतका जिल्लाहरूबाट करिब २० जना सहभागी थिए।
यस तालिममा व्यवहारिक रूपमा ज्ञान र सिप प्रयोग गरेर आफ्नो हेरविचार गर्न नसक्ने,बिरामी, वृद्ध, शारिरिक, मानसिक अपाङ्गता भएका व्यक्तीलाई खुवाउने ,हिडडुल गर्न सिकाउने तथा उसको सहयोगिको रुपमा औषधी उपचारमा सहयोग गर्ने सीप सिकाइएको थियो। प्रशिक्षार्थीहरुलाई मेट्रोसिटी हस्पिटल पोखरा बाट प्रयोगात्मक अभ्यास सहितको तालिम दिएको कालीगण्डकी बहुप्राविधिक शिक्षालयका प्रधानाध्यापक कृष्ण बहादुर श्रेष्ठले जानकारी दिए।
सो तालीमको शुक्रबार समापन कार्यक्रम गरी सहभागी प्रशिक्षार्थीहरूलाई घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाको हात बाट प्रमाणपत्र वितरण गरिएको थियो। अध्यक्ष थापाले कार्यक्रममा बोल्दै शैक्षिक योग्यता धेरै भएकाहरु पनि बेरोजगारी छन, तर प्राविधिक सीप सिकेपछि स्वरोजगार बन्न सजिलो हुने तथा आफू संग भएको सीप अनुसारको काममा विदेश जाँदा राम्रो आम्दानी हुने बताए।
उनले भने प्रत्येक घरमा यो सेवाको जरुरत पर्छ “वृद्ध, बिरामी, अशक्तहरूको हेरचाह गर्न सक्ने, सुगर प्रेसर जाँच तथा बिरामीलाई खाना पकाउने, खुवाउने तरिका, दिशापिसाब, खकार, र्याल व्यवस्थापन गर्न सक्नु तालिमको उपलब्धि हो” यस तालिम बाट स्वास्थ्य संस्थामा मात्र नभई परिवारभित्र पनि हेरचाह कर्ताको रुपमा सेवा गरी सिपको सदुपयोग गर्न सबै प्रशिक्षार्थीलाई सुझाव दिए।
कार्यक्रममा १ नं वडाका अध्यक्ष रविचन्द्र घोरासेनीले भनाइमा केयर गिभर भनिएता पनि स्टाफ नर्स सरहकै जिम्मेवारी हुने बताउँदै घिरिङ जस्तो ग्रामीण ठाउँमा केयर गिभर तालिम सञ्चालन हुनुमा खुसी व्यक्त गरे। सो तालीमलाई दुई जना स्टाफ नर्स र दुई जना अनमी द्वारा प्रशिक्षण दिएको थियो। समापन कार्यक्रमको सञ्चालन जङ्ग बहादुर नेसुरले गरेका थिए भने स्वागत मन्तव्य हिमाल तामाङले गरेका थिए।साभार दमौली न्युजबाट
प्रतिक्रिया दिनुहोस