३ जेठ २०८२ शनिबार | 17 May 2025 Sat

भिमादमा छातिरोग सम्बन्धी खोजपड्ताल शिविरमा २५५ जनाको स्वास्थ्य परिक्षण 

  • समर रानाभाट
  • २ महिना अघि
  • पाठक संख्या २२६

  • चैत १५ अन्जान परियार, भिमाद।
    तनहुँको भिमाद नगरपालिकामा छातिरोग सम्बन्धी निःशुल्क खोजपड्ताल शिविर सम्पन्न भएको छ। शिविर बाट २ सय ५५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए। उनीहरू मध्य ५ जनामा क्षयरोग बिरामी पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँ एबम् भिमाद नगरपालिकाको संयुक्त आयोजनामा विहिबार भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको सो शिविरमा प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखराको प्राबिधिक सहयोग रहेको थियो।

    एक्स-रे को माध्यम बाट रक्तचापको जाँच र रगतमा ग्लुकोजको मात्रा (सुगर) सहित क्षयरोग संक्रमित पहिचान गर्ने उद्देश्य सहित शिविर सञ्चालन गरिएको थियो। शिविरमा ५ जना क्षयरोग बिरामी पहिचान भएकोमा थप केहि शंकास्पद बिरामीको खकार जाँच गर्न प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखरा पठाईएको भिमाद नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुनिता धरेलले जानकारी दिइन्।


    वडा नं ६ का वडा अध्यक्ष श्याम सुन्दर जोशीको अध्यक्षतामा भएको सो शिविर कार्यक्रमलाई भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले उद्वघाटन गरेका हुन। नगरप्रमुख सुवेदीले विभिन्न कारणले स्वास्थ्य परीक्षण गराउन हस्पिटल जान नसकेका नागरिकलाई घर नजिकै आएको सुविधा लिन आग्रह गरे। मानिसले स्वास्थ्य परीक्षण पटकपटक गराइरराख्दा फाइदा हुने सुवेदीले बताए। यस्तै कार्यक्रममा भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनाल र प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुन उपस्तिथि थिए। सो कार्यक्रमको संचालन स्वास्थ्यकर्मी पूर्णिमा नेपालीले गरेकी थिइन।