३ जेठ २०८२ शनिबार | 17 May 2025 Sat

शिक्षक महासंघ घिरिङको अध्यक्षमा प्रेम थापा सर्वसम्मत चयन

  • समर रानाभाट
  • २ महिना अघि
  • पाठक संख्या ३१०

  • चैत १७ अन्जान परियार घिरिङ। नेपाल शिक्षक महासंघ घिरिङ गाउँ समितिको अध्यक्षमा प्रेम बहादुर थापा सर्वसम्मत चयन भएका छन्। चन्द्र ज्योती माध्यमिक विद्यालयका प्रधानाध्यापक थापा नेपाल राष्ट्रिय शिक्षक संगठन घिरिङको निवर्तमान अध्यक्ष हुन् । गाउँपालिका कार्यालय सभाहलमा शनिवार सम्पन्न भएको प्रथम अधिवेशनबाट थापाको नेतृत्वमा २० सदस्यीय समिति गठन भएको हो।

    महासंघको सहअध्यक्षमा टेक बहादुर नेपाली, उपाध्यक्ष रामचन्द्र खनाल, महिला उपाध्यक्ष स्वस्ति श्रेष्ठ, सचिव सुशील कुमार श्रेष्ठ, सहसचिव सागर थापा, महिला सहसचिव दालीमाया थापा, अर्थ सहसचिव इमान सिं थापा चयन भएका छन् । यस्तैगरी सदस्यहरूमा गोविन्द बस्याल, बाबुराम रानाभाट, मिना कुमारी बिक, केश बहादुर थापा, गुम बहादुर थापा, लिला माया राना थापा, रुक बहादुर रानाभाट, गिता राना, तुलसी अधिकारी रहेका छन्। समितिमा शिवभक्त सिग्देल, नारायण प्रसाद श्रेष्ठ र डम्बर सिं थापा पदेन सदस्य छन्।

    अधिकार र कर्तव्यका लागि शिक्षकको एकता” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन घिरिङका अध्यक्ष शिवभक्त सिग्देलको अध्यक्षतामा भएको थियो। कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश समितिका महासचिव ध्रुवराज सिग्देलले शिक्षकहरूको विभिन्न किसिमका मागहरूको सम्बोधन गर्न सरकारले आलटाल गरेकोले निष्कर्षको आन्दोलन तयार गरिएको बताए। शिक्षक महासंघले गरेको चरणबद्ध आन्दोलनलाई प्रभावकारी बनाउन पालिका स्तरीय महासंघ समिति गठन गरिएको छ उनले भने, सम्पूर्ण शिक्षकहरू लाई दलीय संगठन यथास्थानमा राखी महासंघको अबको आन्दोलनमा एक्यबद्धता जनाउन अपिल गरे।

    सो कार्यक्रममा शिक्षक महासंघ जिल्ला समिति सदस्य दुर्गा देवी कोइराला, शिक्षक संगठन तनहुँका उपाध्यक्ष जनक सिग्देल, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक पदमराज सिग्देलले आगामी चैत २० गते हुने आन्दोलनमा सहभागी भएर एक्यबद्धता जनाउन सबै शिक्षक हरुलाई अपिल गरेका थिए।

    कार्यक्रममा घिरिङ गाउँपालिकाका प्राविधिक सहायक पुष्पा थापा,शिक्षक संगठन तनहुँ जिल्ला सदस्य लक्ष्मण दत्त भट्ट लगायतको उपस्थिति रहेको थियो। सो कार्यक्रमको संचालन नारायण प्रसाद श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य टेक बहादुर नेपालीले गरेका हुन्।