पाल्पा – जिल्लाको तिनाउ गाउँपालिका–३ आँपखोला मुहानस्थित वनमा एक जना पुरुषको शव फेला परेको छ । तिलोत्तमा सामुदायिक वनमा सडेगलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शवको पहिचान खुल्न सकेको छैन । शवको कंकाल नजिकै हरियो, कालो र सेतो रङ्गको बाहुला भएको स्वीटर, कालो र सेतो मसिनो धर्का भएको पाइन्ट फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिनुभयो । शव पहिचान गर्ने र अथ अनुसन्धान गर्ने काम भइरहेको प्रधानले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस