काठमाडौं, - काठमाडौंको बसुन्धरामा अवस्थित क्यारियर लिङ्क मेनपावरले वैदेशिक रोजगारीका लागि युवाहरूलाई प्रलोभन देखाई ठगी गरेको खुलासा भएको छ। विभिन्न प्रमाणहरूका आधारमा थुप्रै युवाहरूलाई आकर्षक रोजगारीको आश्वासन दिई लाखौं रुपैयाँ असुली गरिएको पुष्टि भएको छ।
पीडितहरूका अनुसार, उक्त मेनपावरले विशेष गरी खाडी मुलुक र युरोपेली देशहरूमा राम्रो तलबसहितको रोजगारी दिलाउने आश्वासन दिएको थियो। तर, रकम असुलेपछि प्रक्रिया लम्ब्याउने, झुठा कागजात उपलब्ध गराउने तथा कतिपय अवस्थामा सम्पर्कविहीन हुने गरेको गुनासो बढ्दो क्रममा छ।
िचतवनका एक पीडित एक युवाका अनुसार, उनले २ लाख रुपैयाँ बुझाए पनि महिनौँसम्म कुनै प्रक्रिया अघि नबढेपछि उनी ठगिएको महसुस गरे। "मेरो सबै पैसा सकियो, न जागिर पाइयो न पैसा फिर्ता," उनले भने। पैसा माग्दा उल्टै थरकाउने , र कुटपिट गर्छु भनैदै थरकाउने गरेकाे उनले बताए ।
यस मेनपावर बुटवलका सुवास केसिले सञ्चालन गर्दै आएका छन् ।
विशेषज्ञहरूका अनुसार, यस्ता ठगीका घटनाहरू बढ्दो क्रममा छन्, र वैदेशिक रोजगारीका अवसर खोज्ने युवाहरूलाई सतर्क रहन सुझाव दिइएको छ। कुनै पनि मेनपावर कम्पनीमार्फत काम खोज्दा सरकारले स्वीकृत गरेको दस्तावेज र अनुमति प्राप्त गरेको वा नभएको कुरा अनिवार्य रूपमा जाँच गर्न विज्ञहरूले आग्रह गरेका छन्।
पीडितहरूले छिटो न्याय पाउने र क्यारियर लिङ्क मेनपावरविरुद्ध आवश्यक कानुनी कारबाही हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस