३ जेठ २०८२ शनिबार | 17 May 2025 Sat

यी हुन् सरकारसँग शिक्षकले गरेका सहमतिका ९ बुँदा

  • समर रानाभाट
  • २ हप्ता अघि
  • पाठक संख्या ८६

  • अन्ततः सरकार र शिक्षकबीच बुधबार ९ बुँदे सहमति भएको छ ।

    गत चैत २० गतेदेखि निरन्तर आन्दोलनमा रहेका देशभरका शिक्षकहरू सरकारसँगको सहमतिसँगै भोलिबाट पठनपाठनमा फर्कने भएका हुन् ।

    शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक, शिक्षा समितका सभापति अम्मरबहादुर थापा, दलका प्रमुख सचेतकहरू र शिक्षक महासंघका प्रतिनिधिले लामो छलफल गरेर बुधबार अबेर बसेको मन्त्रिपरिषद् बैठकबाट सहमतिका बुँदा अनुमोदन गराएका छन् ।

    यससँगै अब शिक्षकहरूले आगामी असार १५ गतेसम्मा ऐन पाउने भएका छन् । दलका प्रमुख सचेतकले ऐन जारी गर्न प्रतिबद्धता जनाएका छन् ।

    उता, शिक्षक महासंघले भने भनेको समयमा ऐन जारी नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    यस्ता छन् शिक्षकसँग सरकारले गरेका सहमतिका ९ बुँदा :