विनयी त्रिवेणी , वैशाख १८ – “समृद्ध राष्ट्र निर्माणका लागि श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने मुख्य नाराका साथ विनयी त्रिवेणी गाउँपालिका रोजगार शाखाको आयोजनामा १३६औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा मनाइएको छ।
कार्यक्रम गाउँपालिका कार्यपालिका सदस्य कृष्णबहादुर दरैंको अध्यक्षता र कार्यपालिका सदस्य कृष्ण बिकेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो अवसरमा पालिकाभित्रका करिब १५ जना उत्कृष्ट श्रमिक तथा महिला उद्यमीहरूलाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा जनप्रतिनिधि मानबहादुर ढेंगा, सामाजिक व्यक्तित्व हुमलाल ढकाल, झुपि विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए। उनीहरूले श्रमिक वर्गको योगदानको उच्च मूल्याङ्कन गर्दै श्रमिकहरूको हक, अधिकार र सुरक्षाको सुनिश्चितताका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रम सञ्चालन रोजगार संयोजक दीपक विश्वकर्माले गर्नुभएको थियो। श्रमिकको सम्मान र अधिकारको संरक्षणमार्फत समृद्ध समाज निर्माणको बाटो पहिल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन्।
प्रतिक्रिया दिनुहोस