३ जेठ २०८२ शनिबार | 17 May 2025 Sat

दाउन्नेमा सडक चिप्लिएपछि बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध

  • समर रानाभाट
  • २ हप्ता अघि
  • पाठक संख्या ७९

  • सामर्थ्य बैशाख २१
    बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा सवारी साधन चिप्लिने र उकालोमा स्लिप हुने घटना बढेपछि सडकमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ ।
    गएराति देखि परेको अवरल बर्षका कारण दाउन्ने क्षेत्रको बाटो हिलो र चिप्लो भएका कारण नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध भएको छ । राति देखि भएको वर्षाको कारण दाउन्नेमा क्षेत्रमा सवारी साधनहरू आवतजावत गर्न कठिनाइ भएपछि अहिले यो राजमार्गमा सवारी सञ्चालन गर्न समस्या भएको हो । 
    नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाको कारणले सडकमा हिलो भएकाले गाडीहरू उकालो र ओरालोमा चिप्लिएर सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
    अहिले दाउन्ने क्षेत्रमा सयौँ सवारीहरू जाममा परेका छन् । हिलोमा गाडी फसेकाले सडक अवरुद्ध भएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।
    वर्षाका कारण सडकमा हिलो जम्दा सवारी साधन फसेका छन्, जसले गर्दा बाटो दुबै तर्फबाट बन्द भएको हो।  प्रहरीका अनुसार दाउन्नेको उकालोमा सडक अत्यधिक चिप्लो र हिलोमय बनेको छ । ठूलो र भारी सवारी साधनहरू बीचमै फसेका कारण साना सवारी पनि अड्किएका छन्।
    चिप्लो सडकका कारण केही सवारी साधन फस्दा सडकको दुबै दिशाबाट यातायात रोकिएको हो । प्रहरीले बाटो खुलाउन प्रयास जारी छ भने यात्रुहरुलाई तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।