आज बेलुका करिब ६ः१० बजे पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ लोकहा नजिकैको भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा दुई जना युवक गम्भीर घाइते भएका छन्।
मुण्डेबाट लोकहा तर्फ आउँदै गरेको लु १३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कावासोती नगरपालिका–११, शान्तिटोलका २३/२४ वर्षिय ईश्वर दर्लामी र सोही स्थानका २१/२२ वर्षिय सागर दर्लामी घाइते भएका हुन्। उनीहरूलाई उपचारका लागि तत्कालै मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा (पूर्व) पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण मोटरसाइकल चालकले सन्तुलन गुमाएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस