२ जेठ २०८२ शुक्रबार | 16 May 2025 Fri

श्री डेढगाउँ माध्यमिक विद्यालयमा एस. एल. सी. २०६० ब्याचको सहयोग,

  • समर रानाभाट
  • ५ दिन अघि
  • पाठक संख्या १३९

  •  

    बौदीकाली, बैशाख २८

    बौदीकाली गाउँपालिका वडा नम्बर २ मा अवस्थित तथा सञ्चालित नवलपुरको पहाडी क्षेत्रकै शैक्षिक केन्द्र श्री डेढगाउँ माध्यमिक विद्यालयमा पछिल्लो समय एकपछि अर्को गर्दै भू-पू विद्यार्थीहरूबाट हुने सहयोगको लहर नै चलेको छ । यसै क्रममा पछिल्लो समय एस. एल. सी. २०६० ब्याचका भू-पू विद्यार्थीहरूले विद्यालयको शिक्षण–सिकाइ वातावरण प्रविधिमैत्री तथा प्रभावकारी बनाउन आवश्यक सामग्रीहरु सहितको ऐतिहासिक योगदान गरेका छन् ।

    विद्यालयलाई प्रदान गरिएका सामग्रीहरूमा विद्यालयको आफ्नै मोबाइल एप्लिकेसन सहितको आधुनिक विद्यालय व्यवस्थापन सफ्टवयर, ल्यापटप १ थान, डेस्कटप कम्प्युटर १ थान, सिसिटिभी सुरक्षा प्रणाली १३ सेट क्यामेरा सहितको पूर्ण सिष्टम (हार्ड डिस्क, एन. भी. आर, वयरिङ तार र जडान सहित) रहेका छन ।  

    विद्यालयलाई यस प्रकारको डिजिटल संसारमा जोड्ने अभियानको सहयोग कार्यमा भू-पू विद्यार्थीहरूका साथै, स्थानिय व्यवसायी, शिक्षाप्रेमी र अभिभावकहरूको पनि उल्लेखनीय सहयोग रहेको छ । विद्यालयमा जडान गरिएकासिसिटिभी क्यामेरा मध्ये १३ थान क्यामेराहरु स्थानिय व्यवसायी, शिक्षाप्रेमी र अभिभावकहरूद्वारा व्यक्तिगत रूपमा प्रदान गरिएका छन् ।

    यस प्रकारको भू पू विद्यार्थीहरुको सहयोग अभियान एस. एल. सी. २०७० ब्याचका विद्यार्थीहरूले सुरुवात गरेका थिए,। जसअन्तर्गत एक भव्य कार्यक्रम विच उनीहरुले विद्यालयलाईसाउण्ड सिस्टम, वाटर डिस्पेन्सर, पुस्तकालयका लागि पुस्तकहरू र अन्य शैक्षिक सामग्रीहरू गरी रु १,०३,०००।– को सामग्री हस्तान्तरण गरेका थिए ।

    हाल विद्यालयमा भू.पू विद्यार्थी, भू.पू. शिक्षक, समाजसेवी, शिक्षाप्रेमी, स्थानिय व्यवसायी, अभिभावकहरुबाट विद्यालयमा सहयोग आउने क्रम निरन्तर चलिरहेको छ । विद्यालयले हालै मात्र The Club Hundred – सय रुपैया कोष समुह स्थापना गरी सञ्चालन गरिरहेको छ । यस अन्तर्गत विद्यालयको शैक्षिक अभियानमा न्युनतम मासिक रु १००।– योगदान गर्न सकिन्छ । यसरी मासिक रुपमा विद्यालयमा रु १००।– सहयोग गर्नुहुने सम्पुर्ण दाता महानुभावहरुको रु १,००,०००।– बराबरको दुर्घटना विमा गरिने विद्यालयले जनाएको छ ।

    विद्यार्थी र अभिभावकको उपस्थितीमा एक भव्य कार्यक्रम विच एस. एल. सी. २०६० ब्याचद्वारा गरिएको आजको यो सहयोग कार्यक्रम यसै प्रेरणादायी श्रृङ्खलाको अर्को उत्कृष्ट कडी भएको विद्यालयले जनाएको छ । 

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री वाल प्रसाद ठाडाको अध्यक्षतामा सञ्चालन भएको हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथी बौदीकाली गाउँपालिका अध्यक्ष श्री प्रकाश ओझा, विशिष्ट अतिथी बौदीकाली गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष श्री श्याम सुन्दर श्रेष्ठ, शिक्षा शाखा प्रमुख श्री जीवलाल भुसाल हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथी, विशिष्ट अतिथी, गाउँ शिक्षा समिति सदस्य श्री होमनाथ भट्टराई, भू.पू. अध्यक्षहरुको तर्फबाट श्री चोपीराम राना, शिक्षकहरुको तर्फबाट श्री राम बहादुर श्रेष्ठ, सहयोग हस्तान्तरण गर्नु हुने भू.पू विद्यार्थीहरुको तर्फबाट ऋषिराम पौडेल र लक्ष्मी श्रेष्ठले बोल्नु भएको थियो । विद्यालयका प्रधानाध्यापक गंगा विश्वकर्माले विद्यालयको हालको शैक्षिक गतिविधि र आगामी कार्यक्रमको  बारेमा समेत बोल्नु हुदै भू.पू. विद्यार्थी समुह एस. एल. सी. २०६० लाई विद्यालयको तर्फबाट हार्दिक धन्यवाद प्रकट गर्नु भएको थियो । वाहाले सम्पूर्ण अभिभावक, भू.पू विद्यार्थी, भू.पू. शिक्षक, समाजसेवी, शिक्षाप्रेमी सबैलाई विद्यालयको शैक्षिक कार्यक्रममा सहयोग गर्दै सहभागी हुन आव्हान गर्नु भएको थियो । 

    भू.पू विद्यार्थीहरुको यो सहयोग कार्यक्रम मार्फत विद्यालय अब डिजिटल शिक्षाको दिशातर्फ एक कदम अगाडी बढेको बताउदै भू. पू. विद्यार्थीहरुले गर्नु भएको यो सहयोगको काम सामान्य योगदान वा सामाग्री हस्तान्तरण मात्रै नभइ, यो एकसन्देश पनि भएको र  यो शिक्षामा मात्र योगदान नभइ, सामाजिक चेतनामा समेत योगदान भएको प्रमुख अतिथी गाउँपालिका अध्यक्ष श्री प्रकाश ओझाले बताउनु भयो । वाहाले बौदीकाली गाउँपालिकाले अहिले शिक्षामा उल्लेख्य सुधारका कामहरु गरीरहेको र यस अभियानमा श्री डेढगाउँ माध्यमिक विद्यालयका भू.पू. विद्यार्थीहरु जोडिनु भएकोमा हार्दिक धन्यवाद प्रकट गर्नु भयो । 

    विशिष्ट अतिथी बौदीकाली गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष श्री श्याम सुन्दर श्रेष्ठले भू.पू. विद्यार्थीहरुको समुह एस.एल.सी. २०६० को य प्रेरणादायक कार्यलाई खुलेर सराहना गर्नु भयो । विद्यालयप्रतिको माया र उत्तरदायित्वले प्रेरित भई पुराना विद्यार्थीहरूले गरेको योगदानलाई अत्यन्त सकारात्मक उदाहरणका रूपमा प्रस्तुत गर्दै विद्यालयलाई माया गर्ने हो भने केहि न केही गरेर देखाउनु पर्छ, वडा अध्यक्षले भन्नुभयो ।

    कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक, वर्तमान विद्यार्थी र अन्य समाजसेवीहरूको समेत उत्साहजनक उपस्थिति रहेको थियो कार्यक्रमका अन्य बक्ताहरुले भूतपूर्व विद्यार्थीहरूको सक्रियता र सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै यस्तो पहलले नयाँ पुस्तालाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

    त्यसैगरी भू. पू. विद्यार्थी समुह एस. एल. सी. २०६० ले आफू पढेर अगाडी बढेको शैक्षिक संस्थाको भौतिक, प्राविधिक रशैक्षिक प्रगतिमा संलग्न हुनु र यस मार्फत समाजलाई केही फिर्ता दिनु एक अशल नागरीकको कर्तव्य हो भन्ने सन्देश मिलेको शिक्षक अभिभावक संघ अध्यक्ष यादव प्रसाद ओझाले बताउनु भयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष वाल प्रसाद ठाडाले विद्यालयका विद्यार्थीहरू आफु विभिन्न पेशा, व्यवसाय, क्षेत्रमा रहेर  आफुले पढेको विद्यालय सम्झेर विद्यालयको स्तम्भ बलियो बनाउने गरी यस प्रकारको सहयोगको काम गर्नु भनेको अत्यन्तै गर्वको विषय भएको बताउनु भयो । वाहाँले बौदीकाली गाउँपालिकाको शिक्षामा गुणस्तर अभिवृद्धि तथा रुपान्तरण अभियान अनुसार हाल विद्यालयले बिभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेको र यस प्रकारका शैक्षिक कार्यक्रमहरुमा सबैको सहभागिताले विद्यार्थीहरुको लागि उपयुक्त शैक्षिक वातारवरण सृजना गर्न सहयोग मिलेको बताउनु भयो । 

    विद्यार्थी र शिक्षकहरूका लागि प्रविधिको पहुँच विस्तार, विद्यालयको भौतिक सुरक्षा सुदृढ, सिकाइमा नविनतम दृष्टिकोणको विकास, विद्यालय र समुदायबीचको सम्बन्ध झनै प्रगाढ बनाउने भू.पू. विद्यार्थी र स्थानिय व्यवसायी तथा अभिभावकहरुको यस प्रकारको सहयोग कार्यमा सहभागी हुन  प्रेरित गर्नु हुने र यो अभियानका जोडिनु हुने सबैमा विद्यालयले धन्यवाद प्रकट गरेको छ । 

    एस. एल. सी. २०६० व्याचले रु १,७०,०००।– र स्थानिय व्यवसायी, अभिभावक, समाजसेवी, शिक्षाप्रेमीहरुबाट रु ६५,०००।– गरी जम्मा रु २,४०,०००।– मा विद्यालयलाई पुर्ण डिजिटलाइज्ड बनाउने यो परियोजना सफल भएको हो । विद्यालय स्रोतबाट प्राप्त जानकारी अनुसार सहयोग गर्नु हुने एस. एल. सी. २०६० व्याच विद्यार्थीहरु र स्थानिय व्यवसायी, शिक्षाप्रेमी, समाजसेवी, अभिभावकहरु यस प्रकार हुनु हुन्छ ।  

    एस. एल. सी. २०६० व्याचका विद्यार्थीहरु

    • वालादेवी श्रेष्ठ          दीपेन्द्र वि क             बुद्धिराज पोख्रेल                दीपक बराल             दिल माया श्रेष्ठ

    • भजमाया खाण         रुममाया थापा             शूक बहादुर थापा                 मोहन ओझा             अमर बहादुर इस्माली

    • प्रदीप सारु मगर        देवी माया ओझा        लक्ष्मी श्रेष्ठ                        बृन्दा कोइराला         हुम बहादुर दराई    

    • देवीका वि क           सीता माया वि क         मेनुका राना थापा               सुशिला च्वाई          कमला घर्ती

    • बेल माया के सी        गेस बहादुर राना          गंगा राम थापा                   नारायण श्रेष्ठ             गौ माया श्रेष्ठ

    • ऋषि राम पौडेल        दीपक बोहरा             लोक बहादुर नेपाली            टीकाराम पाण्डे          सृजना ढकाल

    • खिम नारायण श्रेष्ठ      डिल माया नेपाली      अमृता के सी                     गौरी मल्ल

     

    स्थानिय व्यवसायी, शिक्षाप्रेमी, समाजसेवी, अभिभावकहरुको तर्फबाट

    • लेखमाया वि.क. (कालीगण्डकी पुस्तक पसल, बौदीकाली २) – क्यामेरा २ थान 

    • लक्ष्मण सुनार (चाहना फन्सी स्टोर्स, बौदीकाली २) –क्यामेरा २ थान 

    • सविना मिया (आतिफ होलसेल पसल, बौदीकाली २) –क्यामेरा १ थान 

    • रोसन सुनार (रोसन सुनचाँदी पसल, बौदीकाली २) –क्यामेरा १ थान 

    • दशरथ सोती (सोती सेकुवा कर्नर, बौदीकाली २) –क्यामेरा १ थान 

    • हरी श्रेष्ठ (सुमिना मेटल वर्कसप, बौदीकाली २) – क्यामेरा १ थान 

    • गोविन्द श्रेष्ठ - काजीमान (सर्वश्रेष्ठ निर्माण बौदीकाली २)– क्यामेरा १ थान 

    • सूर्य कुमार श्रेष्ठ (रोयल ब्रदर्स निर्माण) बौदीकाली २ –क्यामेरा १ थान 

    • होम नाथ पौडेल, बौदीकाली २ हाल कतार – क्यामेरा १ थान

    • मोहन बिर श्रेष्ठ (माहि मञ्जिल किराना स्टोर्स) बौदीकाली २ हाल कतार – क्यामेरा १ थान 

    • गणेश श्रेष्ठ (श्रेष्ठ जनरल स्टोर्स) बौदीकाली २ – क्यामेरा १ थान 

    कार्यक्रममा भू.पू. विद्यार्थीहरुले आफुहरुलाई अध्यापन गर्नु हुने र हाल सम्म पनि विद्यालयमा नै आबद्ध भइ रहनु भएका तिन जना शिक्षकहरु वाल प्रसाद ठाडा, राम बहादुर श्रेष्ठ र केशवराज ओझा लाई पनि सम्मान गरेका थिए ।