समर रानाभाट, जेष्ठ ,०६
तनहुँको घिरिङ गाउँपालिकामा सिचाई सुविधाका लागि खनिएको डिप बोरिङ अलपत्र अवस्थामा परेको छ । स्थानिय सरकार आएपछि गाउँपालिकाले डिप बोरिङ गाड्ने काम ग¥यो तर, बोरिङ सञ्चालन गर्न विद्युत् नपुग्दा त्यस्ता डिप बोरिङ अलपत्र अवस्थामा पुगेका छन् ।
गाउँपालिकाबाट विद्युत जडा्न गर्नका लागि एक करोड रूपैयाँ विनियोजित भएकोमा झन्डै अठासी लाखमा ठेक्का लगायता पनि काम गर्ने ठेक्कदारले राम्रो संग काम पुरा नगर्दा घिरिङ - ४ करूवाटार खेतीयोग्य जमिनमा सिँचाइ गर्न डिप बोरिङमा लगानी गरिएता पनि बोरिङमा मोटर सञ्चालन गर्न विद्युत् नहुँदा किसान सिँचाइ गर्नबाट बञ्चित भएका छन् ।
गाउँपालिकाको लगानीमा गाडिएको एउटा बोरिङमा सोलर जडान् गरेर पानी समेत तानिएता पनि त्यसको व्यवस्थापन गर्न नसक्दा अहिले त्यहि मोटर बिग्रिएर पानी समेत तान्नेको छैन् । मोटर बिग्रिएर बोरिङको पानी आउन छोडे्पछि स्थानिय बासिन्दामा निराशा छाएको छ । लामो समय देखि करूवाटरमा खेत रोप्ने सपना देखेका त्यस ठाउँका किसानहरू बोरिङ हेरेर बस्न बाध्य भएका छन् ।
संघिय सरकार बाट १ ओटा, प्रदेश सरकारबाट १ ओटा, घिरिङ गाउँपालिकाले दई ओटा गरि जम्मा चार वटा बोरिङ गाडिएको घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाले बताए। अध्यक्ष थापाले घिरिङ भित्रका सबै फाट्हरूलाई हरबर बनाउने गाउँपालिकाको उदेश्य रहेको बताउदै केहि काम ठेकदारको ढिला सुस्तिले गर्दा अन्तिम अवस्थामा पुगेको काम सुचारू हुन सकेको छैन्,। त्यसका लागि सम्बन्धी निकायमा पटक पटक धाईरहेको छौं करूवाटार बोरिङमा लाईन जडान् गरेपछि त्यस फाट् सिचाई हुने छ उनको भनाई रहेको थियो ।
बोरिङसम्म विद्युत् पु¥याउन ८५ वटा पोल समेत गाडिएको र ११ हजार भोल्टेजको लाईको तार समेत राखिएको घिरिङ -४ का वडा अध्यक्ष भिम बहादुर कुमालले बताउनुभयो ।विद्युतको लाईन जोड्न लागि धरै पटक विद्युत प्राविधिकरण कार्यालय तालचोक गएता पनि लाईन जोड्न नहुँदा किसान सिँचाइबाट बञ्चित भएको उहाँले गुनासो गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस