८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu

नवलपुरमा माइक्रो र बस ठोक्किँदा ९ जना घाइते :  भरतपुर नयाँ मेडिकलमा उपचार l 

  • समर रानाभाट
  • २ दिन अघि
  • पाठक संख्या १२६

  • प्रिय धन, नवलपुर l 
    आज मंगलबार दिउँसो अन्दाजी २:४५ बजे नवलपरासी (पूर्व)को गैडाकोट नगरपालिका वडा नं. ९, थुम्सीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई सवारी साधन आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्।

    काठमाडौंबाट भैरहवा जाँदै गरेको लु २ ख ६६७२ नम्बरको बस र बुटवलबाट नारायणगढतर्फ गइरहेको लु २ ख ६९८५ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किँदा माइक्रोबसमा सवार यात्रुहरू घाइते भएका हुन्। बसमा सवार कसैलाई पनि क्षति नभएको र दुर्घटनापछि सडक पूर्ण रूपमा सुचारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

    दुर्घटनामा परेर घाइते भएका सबैलाई तुरुन्तै भरतपुरस्थित नयाँ मेडिकल कलेज अस्पतालमा उपचारको लागि पठाइएको छ। घाइतेहरूको विवरण यसप्रकार छः

    १. बिनोद सिह ठाकुर, ४२ वर्ष, माइक्रो चालक, देवदह–२, रुपन्देही – निधारमा मध्यम चोट
    २. गोपाल मगर, २९ वर्ष, माइक्रो सहचालक – शरीरका विभिन्न भागमा मध्यम चोट
    ३. अनिता नेपाली, २१ वर्ष, भरतपुर–१६, चितवन – निधारमा मध्यम चोट
    ४. बिण्णु नेपाली, ३६ वर्ष – टाउकोमा मध्यम चोट
    ५. बर्षात सुबेदी, २२ वर्ष, बुटवल उपमहानगर–५, रुपन्देही – भित्री चोट, मध्यम अवस्था
    ६. जमुना लामा, ३० वर्ष, बुटवल उपमहानगर–१३ – हात र खुट्टामा सामान्य चोट
    ७. समर्थ नेपाली, ७ वर्ष, भरतपुर–१६ – अवस्था उल्लेख नभएको
    ८. अनुप गुरुङ, २५ वर्ष, भरतपुर उपमहानगर–१९ – हातखुट्टामा मध्यम चोट
    ९. होम बहादुर रुचाल, भरतपुर–१६ – दाहिने आँखामा चोट, स्थानीय सुमन मेडिकलमा उपचार भइरहेको

    दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। स्थानीय र प्रहरीको सक्रियतामा समयमा उद्दार गरिएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ।