तनहुँकाे ऋषिङ्गमा साेमबार घाँस काट्न गएका दुई महिलाकाे भीरबाट लडेर मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ऋषिङ–३ निवासी ६२ बर्षीया श्रीमाया राना र देवघाट –२ निवासी २६ बर्षीया खिमसरा मगर रहेका छन् ।उनिहरू ऋषिङ गाउँपालिका–३ सोलुङ स्थित कटोर्के सामुदायिक वनमा घाँस काट्न गएका थिए । घाँस काटेर लामो समय नफर्केपछि स्थानियहरुले खोज तलास गर्दै जाने क्रममा घाँस काटेको स्थान देखी अन्दाजी एक सय मिटर तल मृत अवस्था फेला पारेका थिए । ठाडो भीर भएकोले उक्त घटना घटेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस