आज: २०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

रानाभाट / भाट समाज नेपाल केन्द्रीय कार्य समितिको ‘छैठौं केन्द्रीय महाधिवेशन’ सम्पन्न, अध्यक्षमा हरि रानाभाट निर्वाचित


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ २४, आईतबार मा प्रकाशित ५ दिन अघि
  • ४९ पाठक संख्या
  • निराज रानाभाट, कास्की । ‘हाम्रो प्रतिवद्धता, सामाजिक सद्भाव एवं भाटबन्धुहरुबीच एकता’ भन्ने मुल नारासहित स्थापना गरिएको रानाभाट / भाट समाज नेपाल केन्द्रीय कार्य समितिको ‘छैठौं केन्द्रीय महाधिवेशन – २०८३’ जेठ २३ र २४ गते गण्डकी प्रदेशमा पर्ने कास्की जिल्लाको पोखरा महानगरपालिका -१७, विरौटास्थित रोयल महल ब्याङ्क्वेटमा भव्यताकासाथ सम्पन्न भएको छ । रानाभाट / भाट समाज नेपाल केन्द्रीय कार्य समितिका केन्द्रीय अध्यक्ष बाबुराम रानाभाटको सभाध्यक्षता तथा पूर्व सभामुख तारानाथ रानाभाटको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । राष्ट्रिय गान गाएर, दिवङ्गत व्यक्तिहरुको सम्झानमा १ मिनेट मौन धारण र प्रमुख अतिथि पूर्व सभामुख तारानाथ रानाभाटले पानसमा बत्ति बालेर महाधिवेशनको उद्घाटन गरिएका थिए । महाधिवेशनमा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हरि बहादुर रानाभाटले स्वागत मन्तव्य व्यक्त गरेका थिए, भने स्वागत नृत्य समेत प्रस्तुति गरिएको थियो ।

    त्यस्तै, नवलपुरको समाजघर निर्माणका लागि योगदान पुर्याएकोमा तनहुँ जिल्ला कार्य समितिका अध्यक्ष, विरौटा एकाईका अध्यक्ष, कन्धनी डाँडा एकाईका अध्यक्ष काहुँखोला एकाईका अध्यक्ष र गैंडाकोट एकाईका अध्यक्षलाई प्रशंसा – पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो, भने उत्कृष्ट जिल्ला कार्य समितिको विधामा तनहुँ जिल्ला कार्य समिति र चितवन जिल्ला कार्य समितिलाई सम्मान स्वरुप प्रशंसा – पत्र प्रदान गरिएको थियो । यसैगरी, विभिन्न विधामा रुपन्देही जिल्ला कार्य समिति र नवलपुर जिल्ला कार्य समितिलाई समेत सम्मान गरिएको थियो । महाधिवेशनमा न्यायको क्षेत्रबाट उच्च अदालत पाटनको न्यायाधीश शिव रानाभाट, रजिस्ट्रार संधिखर्कका अशोक भाट क्षेत्री, शिक्षाको क्षेत्रबाट फिस्टेल एकेडेमी पोखराका संस्थापक प्राचार्य चिनु रानाभाट, एपी वान टेलिभिजनबाट प्रसारण भएको अभिनयमा आधारित रियालिटी शो ‘एक्टिङ स्टार’ की विजेता नविना रानाभाट, अर्जुन रानाभाट, उद्योग व्यवसाय तर्फबाट स्याङ्जाका अर्जुन रानाभाट तथा मकवानपुर उद्योग वाणिज्यका अध्यक्ष प्रमोद रानाभाट, रानाभाट / भाट जातिको बारे शोधपत्र लेख्ने ललितपुर जिल्ला कार्य समितिकी अध्यक्ष कविता रानाभाट, कलाकारिताको क्षेत्रबाट मुस्कान रानाभाट, समाजसेवा तर्फबाट बल बहादुर रानाभाट, नवलपुरको गैंडाकोटमा सम्पन्न पाँचौ केन्द्रीय महाधिवेशन कार्य सम्पादन समितिका संयोजक मन बहादुर रानाभाट, लोक बहादुर रानाभाट, छैठौं केन्द्रीय महाधिवेशनको कार्यसम्पादन समिति संयोजक श्रीबहादुर रानाभाट, केन्द्रीय महासचिव शंकर रानाभाट, राजु रानाभाट, प्रेम बहादुर रानाभाटलगायतलाई प्रशंसा – पत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    यस्तै, समितिको ‘छैठौं केन्द्रीय महाधिवेशन’ मा जिल्ला कार्य समितिहरुको तर्फबाट तनहुँ जिल्ला कार्य समितिका अध्यक्ष बेल बहादुर रानाभाट, प्रदेश समितिहरुको तर्फबाट बागमती प्रदेश कार्य समितिका अध्यक्ष सन्तोष रानाभाट, केन्द्रीय महिला उपाध्यक्ष कमला रानाभाट, आयोजक जिल्ला कास्की जिल्ला कार्य समितिका अध्यक्ष सूर्य बहादुर रानाभाट, कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानका अध्यक्ष नेपालहरि रानाभाट, केन्द्रीय सल्लाहकार चिनु रानाभाट, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका इन्चार्ज भीम बहादुर रानाभाट, पोखरा महानगरपालिकाको सार्वजनिक लेखा समितिका संयोजक झपट बहादुर रानाभाट, उच्च अदालत पाटनका न्यायाधीश शिव रानाभाट र सल्लाहकारहरुको तर्फबाट सल्लाहकार संयोजक खड्का बहादुर रानाभाट र पूर्व सभामुख तारानाथ रानाभाटले शुभकामना मन्तव्यसहित आ-आफ्नो धारण व्यक्त गरेका थिए । त्यसैगरी, केन्द्रीय उपाध्यक्ष श्रीबहादुर रानाभाटले धन्यवाद ज्ञापन गरेका थिए, भने केन्द्रीय अध्यक्ष बाबुराम रानाभाटले महाधिवेशनको उद्घाटन सत्र समपान गरेका थिए । महाधिवेशनमा देशका विभिन्न प्रदेश तथा जिल्लाबाट करिब ३ सय ५० प्रतिनिधिहरु सहभागी भएका थिए ।

    ‘छैठौं केन्द्रीय महाधिवेशन’ बाट चितवनका हरि बहादुर रानाभाट अध्यक्षमा निर्वाचित
    रानाभाट / भाट समाज नेपाल केन्द्रीय कार्य समितिको ‘छैठौं केन्द्रीय महाधिवेशन – २०८३’ बाट आगामी कार्यकालको नेतृत्वको लागि सबै पदहरुमा निर्विरोध सहमति भएको छ । महाधिवेशनबाट समाजको केन्द्रीय कार्य समितिको केन्द्रीय अध्यक्षमा चितवनका हरि बहादुर रानाभाट, केन्द्रीय वरिष्ठ उपाध्यक्षमा बाँकेका भीम बहादुर रानाभाट, केन्द्रीय उपाध्यक्षमा नवलपुरका मन बहादुर रानाभाट र केन्द्रीय महिला उपाध्यक्षमा कास्की जिल्लाकी प्रतिभा रानाभाट निर्वाचित भएका छन् । यस्तै, समाजको केन्द्रीय कार्य समितिको केन्द्रीय महासचिवमा काठमाडौंका राजु रानाभाट, केन्द्रीय सचिवमा काठमाडौंकै गणेश रानाभाट, केन्द्रीय कोषाध्यक्षमा चितवनका राजु रानाभाट र केन्द्रीय सह-कोषाध्यक्षमा महेन्द्र रानाभाट निर्वाचित भएका छन् । त्यसैगरी, समाजको केन्द्रीय कार्य समितिको सदस्यहरुमा कास्कीका याम बहादुर रानाभाट, स्याङ्जाका डिल बहादुर रानाभाट, तनहुँका भोज राज रानाभाट, नवलपुरका रामभक्त रानाभाट, स्याङ्जाकी शारदा रानाभाट, कास्कीकै नारायण रानाभाट, तनहुँका विनोद रानाभाट, पाल्पाका पूर्ण बहादुर रानाभाट, चितवनका जमान सिंह भाट, नवलपुरकै सूर्य बहादुर रानाभाट, अर्घाखाँचीका माधव भाट क्षेत्री, कास्कीकै शिव बहादुर रानाभाट र चितवनकै प्रभु रानाभाट निर्वाचित भएका छन्, भने ज्योतिष रुद्र बहादुर रानाभाट र नरेन्द्र रानाभाटलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको । महाधिवेशनको निर्वाचन समितिको संयोजक डा. प्रेम सिंह भाट, सदस्यहरुमा अधिवक्ताद्वय मिना रानाभाट र धन बहादुर रानाभाट रहेका थिए । समाजको निर्वाचित कार्य समितिका निर्वाचन समितिको संयोजक डा. प्रेम सिंह भाटले सपथ ग्रहण गराएका थिए, भने माला र टिका लगाईदिएर बधाई समेत दिएका थिए । महाधिवेशन जेठ २३ गते, दिउँसो १:०० बजे उद्घाटन सत्र शुरु भई जेठ २४ गते, राति २:३० बजे बन्द सत्र सम्पन्न भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट