आज: २०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

कमलाबारीमा ट्रक दुर्घटना, चालक र सहचालक घाइते


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ २७, बुधबार मा प्रकाशित २ दिन अघि
  • १७ पाठक संख्या
  • दमौली, २७ जेठ । तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीस्थित पृथ्वीराजमार्ग सडक खण्डमा बुधबार बिहान ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान करिब ५ः१५ बजे डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ५ ख ९२४३ नम्बरको ट्रक चालकले नियन्त्रण गुमाउँदा सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो।

    दुर्घटनामा ट्रक चालक बारा जिल्लाको निजगढ नगरपालिका–९ निवासी २८ वर्षीय यमकुमार नेपाली र सहचालक सोही स्थानका २४ वर्षीय सुजन परियार घाइते भएका छन्। दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

    घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल दमौली ल्याइएको छ। दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेको र उठाउने कार्य भइरहेको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट