
समाचार कुञ्ज जिल्लाको ऋषिङ गाउँपालिकामा नेत्रहीन संघ तनहुँको घरधुरी सर्वेक्षणमा खटिएका एक व्यक्तिलाई मंगलबार सरकारी गाडीले ठक्कर दिएर भागेको छ । ऋषिङ गाउँपालिका कृषि ज्ञान केन्द्रको कार्यक्रम सकेर फर्केको जिल्ला समन्वय समिति र कृषि ज्ञान क्रेन्द्र तनहुँको गाडीले ऋषिङ गाउँपालिका वडा ८ दुईघर स्कुल गेट निवासी विवेक श्रेष्ठलाई ठक्कर दिएको हो ।
दिउँसो २ ः १५ बजेको समयमा घरधुरी सर्वेक्षण गर्ने कार्य भइरहेको अवस्थामा गाडीले ठक्कर दिई रोक्न खोज्दा नरोकी भागेको घाइते श्रेष्ठले जानकारी दिनुभयो । 
घाइतेको अवस्था नबुझी भागेका कारण उक्त गाडीका चालकसहित गाडी नियन्त्रणमा लिएर घाइतेको उपचारका लागि व्यवस्था मिलाउन समेत श्रेष्ठले माग गर्नुभएको छ । श्रेष्ठका अनुसार गाडीको ठक्करबाट हात,खुट्टा र टाउँकोमा चोट लागेको छ । श्रेष्ठ पछिल्लो समय संचार क्षेत्रमा समेत आबद्ध रहि सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
ऋषिङ गाउँपालिकाका उपाध्यक्षसहित जिल्ला समन्वय समिति तनहुँकै प्रतिष्ठित ओहदामा रहेर मानवीय सहानुभूति नराख्ने साथै गैर जिम्मेवार, पदिय घमण्ड, शक्ति प्रर्दशन गरी B AA 1509 जिल्ला समन्वय तनहुँ र कृषि ज्ञान केन्द्रको कुन गाडी हाे पहिचान हाेस् गल्ति हुन्छ तर ठक्कर दिई भाग्ने चालकलाई तुरून्त कारवाही होस। दुर्घटना भइसकेपछि ३ वटा गाडीमध्ये एउटा गाडीले उपचारकाे लागि मानवीयताकाे हैसियतले सेवा गर्न पर्दैन?

प्रतिक्रिया दिनुहोस