आज: २०८३ बैशाख १, मंगलबार | Tue, 14, Apr, 2026

मध्यविन्दुमा ३ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न


  • समाचार कुञ्ज
  • २०८२ चैत्र २४, मंगलबार मा प्रकाशित ६ दिन अघि
  • ४९ पाठक संख्या
  • ऋतु घर्ती, नवलपुर
    नवलपुरको मध्यविन्दु नगरपालिकामा दलित समुदायको परम्परागत सीप, कला संरक्षण तथा सशक्तिकरणलाई लक्षित गर्दै सञ्चालन गरिएको ३ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ। चैत्र २२ गतेबाट सुरु भएको उक्त तालिम आज चैत्र २४ गते नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो। महिला, बालबालिका तथा समाज कल्याण शाखा, मध्यविन्दु नगरपालिका (नवलपरासी बर्दघाट सुस्ता पूर्व) को आयोजनामा सञ्चालन भएको तालिमको समापन कार्यक्रममा नगर कार्यपालिका सदस्य प्रकाश परियारको सभाध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा नगरप्रमुख भिमलाल अधिकारीको उपस्थिति रहनु भएको थियो।
    समापन कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले दलित समुदायको सशक्तिकरणका लागि नगरपालिका सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा समुदायको विकासका लागि आवश्यक कार्यक्रमहरू तयार गरी नगरपालिकासँग समन्वय गर्न आग्रह गर्नुभयो।
    तालिममा प्रशिक्षक बोमलाल गिरि र राजेश सोनामले औपचारिक कार्यक्रम सञ्चालन गर्ने विधि, निवेदन लेख्ने तरिका, शोकसभा सञ्चालन प्रक्रिया तथा माइन्युट लेखन सम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गर्नुभएको थियो।
    आयोजकका अनुसार तालिमको उद्देश्य सहभागीहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै औपचारिक कार्यक्रम सञ्चालन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्नु रहेको थियो। यस्ता तालिमहरूले समुदायस्तरमै नेतृत्व विकास गर्दै सामाजिक सशक्तिकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
    कार्यक्रममा कार्यपालिका सदस्य, स्थानीय जनप्रतिनिधिहरू तथा मध्यविन्दु नगरपालिका वडा नम्बर ७, ८, ९ र १३ का स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सदस्य पार्वती सुनारले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट