आज: २०८३ बैशाख १, मंगलबार | Tue, 14, Apr, 2026

खुल्ला वडा स्तरीय महिला भलिबल प्रतियोगितामा घिरिङ -४ प्रथम


  • समाचार कुञ्ज
  • २०८३ बैशाख १, मंगलबार मा प्रकाशित १९ मिनेट अघि
  • १८ पाठक संख्या
  • बैशाख : १ समर रानाभाट
    प्रगतिटोल दाजुभाई समुह र शुक्ला गण्डकी -६ तनहुँ प्रगति आमा समुह प्रगतिटोल विकास समिति क,ख र प्रगति सुजना टोल विकास समितिको आयोजनामा दोस्रो खुल्ला वडा स्तरीय महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता आज सम्म भएको छ । प्रतियोगितामा महिला तर्फको भलिबल प्रतियोगितामा घिरिङ गाउँपालिका वडा नम्बर -४ प्रथम भएको छ भने शुक्ला ग्णडकी द्वितीय भएको छ ।

    प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद १५ हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ । त्यसै गरि सान्त्वना स्थान हासिल गर्ने टिमले नगद ५ हजार रुपैयाँ सहित मेडल, प्राप्त गर्रेको छ ।

    प्रतियोगितामा उत्कृष्ट खेलाडीकाहरूलाई समान समेत गरेको छ । उत्कृष्ट खेलाडीमा चनी सिजाली मगर ,उत्कृष्ट सेटरमा बिमला माझी ,उत्कृष्ट सर्भरमा आशा राना, उत्कृष्ट कोचमा प्रविन श्रेष्ठ श्रेष्ठलाई नगद प्रदान गरेको छ । प्रतियोगिता ३५ वर्ष माथिका भेट्रान्सहरुको समेत खेल भएको जनाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट