आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

आजको मौस : केही ठाउँमा सम्भावना


  • समाचार कुञ्ज
  • २०८३ बैशाख ४, शुक्रबार मा प्रकाशित १0 घण्टा अघि
  • १८ पाठक संख्या
  • काठमाडौं, ३ बैशाख २०८३ बिहीबार । पश्चिमी तथा स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका पहाडी र हिमाली भूभागमा मौसम आंशिक रूपमा बदली हुँदै गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले हिमाली क्षेत्रमा सामान्य बदली र पहाडमा आंशिक बदली देखिएको छ भने तराईका अधिकांश भागमा मौसम सफा रहेको छ ।बिहीबार दिउँसो कोसी प्रदेशको पहाडी भूभागसहित वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा बदली बढ्ने अनुमान गरिएको छ । यस क्रममा कोसीका केही स्थान र वाग्मती–गण्डकीका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ । अन्य क्षेत्र भने आंशिक बदलीसहित सामान्य मौसममै रहनेछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट