
समाचार कुञ्ज तिर्थराज काफ्ले , कावासोती ।
कावासोती नगरपालिका–स्थित थकाली चोकमा लामोदुरीबाट आएको बसले स्कुटरलाई ठक्कर दिँदा एक जना व्यक्ति घाइते भएका छन्।
प्रत्यक्षदर्शी राधिका चापागाईं पंगेनीका अनुसार, केहीबेर अघि भएको उक्त सवारी दुर्घटनामा स्कुटरमा सवार एक व्यक्ति घाइते भएका छन्। उनलाई तत्काल उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जानकारी दिइएको छ।
दुर्घटना कसरी भयो भन्ने बारेमा विस्तृत विवरण आउन बाँकी रहेको र घटनास्थलमा सुरक्षाकर्मीको उपस्थिति रहेको जनाइएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस