आज: २०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

घिरिङमा अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ २८, बिहिबार मा प्रकाशित २३ घण्टा अघि
  • ९ पाठक संख्या
  • समर रानाभाट, २८ जेठ ,

    घिरिङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा आज सम्पन्न भएको छ ।

    गाउँपालिका भित्रका ७ वटा विद्यालयको सहभागी प्रतियोगितामा ‘ चन्द्र ज्योति माध्यमिक विद्यालय, घिरिङ -३ ले प्रथम स्थान हासिल गरेको हो। त्यसैगरी राष्ट्रिय माध्यमिक विद्यालय, घिरिङ -२ दोस्रो, कृष्ण माध्यमिक विद्यालय, घिरिङ १ तृतीय तथा महेन्द्र माध्यमिक विद्यालय, घिरिङ – ४ ले सान्त्वना स्थान प्राप्त गरेका छन्।

    कार्यक्रममा प्रथम हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ,दोस्रो हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ,तेस्रो हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद तथा सान्त्वनाले मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

    कार्यक्रममा घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा, प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल , वडा नम्बर १ का वडा अध्यक्ष रविचन्द्र घोरासिनी ,वडा नम्बर -२ वडा अध्यक्ष नर बहादुर थापा, वडा नम्बर -३ का वडा अध्यक्ष तहल सिं थापा, वडा नम्बर -४ का वडा अध्यक्ष भिम बहादुर कुमाल, वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुविर आले तथा शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सुवेदी , सायक शिक्षा प्रमुख पुष्पा थापा विभिन्न विद्यालयका प्रधानाध्यापक ,शिक्षक लगायतको  उपस्थिति रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट