आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषय शिक्षकलाई सम्मान


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ १४, बिहिबार मा प्रकाशित ५ दिन अघि
  • १८ पाठक संख्या
  • जेठ , १४ समर रानाभाट
    घिरिङ गाउंपालिकाले गत वर्षको एसइईमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई जनही नगदसहित सम्मानित गरिएको हो । गाउँपालिकाको कार्यालय पोखरीछाप आयोजित कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको हो । विद्यार्थीहरुलाई नगत सहित गाउँपालिका अध्यक्षले प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।’शिक्षक, विद्यार्थी र विद्यालय लाईसम्मान गरिएको हो । कार्यक्रम’मा गत वर्षको एसइई परीक्षामा गाउँपालिकाभित्रका विद्यालयहरूमध्येबाट उत्कृष्ट नतिजा ल्याउने श्रीकृष्ण माविकी छात्रा कमला थापा क्षेत्री नगदसहित सम्मान गरिएको छ । उत्कृष्ट नतिजा हासिल गरेको चन्द्रज्योती मावि , दिपक मावि,राष्ट्रिय मावि नगद सहित प्रशंसापत्रले सम्मान गरिएको छ । आफूले पढाएको विषयमा औसतमा उत्कृष्ट जिपिए ल्याउने शिक्षकहरू चन्दज्योती माविका अंग्रेजी शिक्षक जनक सिग्देल, नेपाली महाकाली रानाभाट, गणित शिक्षक प्रेम बहादुर थापा, ए गणित जीवन प्रसाद भट्ट ,अर्थशास्त्रमा सोमराज सिग्देल,सामाजिक शिक्षक सोमराज सिग्देल, शिक्षा सचिन बसेल, कृष्ण माविका विज्ञान शिक्षक रामसुभाष ठाकुर, राष्ट्रिय माविका सामाजिक शिक्षक सागर थापा,नेपाली शिक्षक कमला थापा,विज्ञान शिक्षक लोक बहादुर थापा,अर्थशास्त्र शिक्षक रविकुमार चौरासिया कामुधेनु माविका ए गणित शिक्षक लक्ष्मण कामी ,नेपाली शिक्षक बिहि थापा , दिपक मावि शिक्षा शिक्षक लिलाबहादुर सुनार , नेपाली शिक्षक तारानाथ पोखरेल ,समाजिक शिक्षक लल्मी प्रसाद अधिकारी ,अंग्रेजी शिक्षक कृष्ण प्रसाद खनाल, अर्थशास्त्र शिक्षक रामचन्द्र खनाल ,ए गणित शिक्षक कमल नेपाली नगद सम्मानपत्र सम्मानित भए । यसका साथै आधारभूत तह (कक्षा ८) को परीक्षामा उत्कृष्ट नतिजा ल्याएकी श्री दिपक माविकी छात्रा अनिषा श्रेष्ठ र कामुधेनु माविका रिजन थापा,चन्द्र ज्योती मावि जेसिका थापा,कृष्ण मावि समीक्षा थापा जनही नगद सहित सम्मानपत्रले समान गरिएको छ ।
    पोत्साहन कार्यक्रममा प्रमुख अतिथि घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापा रहनु भएको थियो भने वडा नम्बर -२ का वडा अध्यक्ष नर बहादुर थापा, वडा -३ का अध्यक्ष तहसि थापा, वडा -४ का अध्यक्ष भिम बहादुर कुमाल , कार्यपालिका सदस्य एव शिक्षा समिति सदस्य पार्वति विक लगायतको उपस्थिति रहेको कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यकम संचालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण प्रसाद सुवेदीले गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट