२ जेठ २०८२ शुक्रबार | 16 May 2025 Fri

राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरको दसौँ अधिवेशन भोली हुँदै

  • समर रानाभाट
  • ३ महिना अघि
  • पाठक संख्या १५७

  • नवलपुर । राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरको दसौँ अधिवेशन भोली गैँडाकोटमा हुँदै छ । गैँडाकोट नगरपालिका –२, मा रहेको श्रीराम पार्टी प्यालेसमा भोली जिल्लाको दसौँ अधिवेशन हुने राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरका अध्यक्ष कृष्ण कँडेलले बताउनुभयो । 
    अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष कँडेलले बताउनुभयो । विभिन्न उप समितिहरू निर्माण गरी अधिवेशनको तयारी थालिएकोमा सबै तयारी पुरा भएको उहाँले बताउनुभयो । तयारीमा खटिने उप समितिका सबैमा उहाँले धन्यवाद समेत दिनुभयो । 
    अधिवेशनमा नवलपुर जिल्ला आयोजक कमिटीबाट एक सय १ जना र जिल्लाका ८ वटा पालिकाबाट एक सय २७ जना गरि  २ सय २८ जना  प्रतिनिधिले भाग लिने राष्ट्रिय युवा संघ नवलपुरका सचिवालय सदस्य  प्रविन सापकाेटाले  बताउनुभयो । 
    अधिवेशनको  भोली राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेबेको प्रमुख आतिथ्यतामा अधिवेशनको कार्यक्रम हुने राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सचिवालय  सदस्य मदन गिरीले बताउनुभयो । केन्द्रीय अध्यक्ष सहित विभिन्न नेताहरूको उपस्थितिमा अधिवेशन सञ्चालन हुने उहाँले बताउनुभयो । 
    पछिल्लो समयमा देखिएको राजनीतिक अवस्था  खागसरि युवाहरूको राजनीतिप्रति विकर्षण हुँदै गइरहेको अवस्थामा युवाहरू राजनीतिमा किन जोडिने , युवाहरू जोडिएर समाजमा कसरी सकारात्मक परिवर्तन गर्न सकिन्छ , समाजमा युवाहरूलाई कसरी स्थापित गर्न सकिन्छ ,राष्ट्रिय युवा सङ्घ नेपालबाट समाजमा कस्ता खालका गतिविधिहरू गर्न सकिन्छ भन्ने विषयमा समेत भोली  हुने अधिवेशनले सकारात्मक सन्देश दिने केन्द्रीय सचिवालय सदस्य गिरीले बताउनुभयो ।