२ जेठ २०८२ शुक्रबार | 16 May 2025 Fri

एमाले शुक्लागण्डकीको पूर्ण बैठक एवम् शुभकामना आदान प्रदान

  • समर रानाभाट
  • ६ दिन अघि
  • पाठक संख्या ७५

  • दुलेगौंडा, २८ बैशाख । 
    नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीको पाचौ पूर्ण बैठक एवम् शुभकामना आदान प्रदान शनिवार सम्पन्न भएको छ  । 
    सो अवसरमा नयाँ वर्ष २०८२ सालको शुभकामना आदान प्रदान गरिएको थियो । साथै  सदस्यता नबिकरण, नयाँ सदस्य बितरण , टोल कमिटी निर्माण  बैशाख मसान्त भित्रै सम्पन्न  गर्ने निर्णय गरेको अध्यक्ष रघुनाथ पौडेलले जानकारी दिए ।
    नगर कमिटी अध्यक्ष रघुनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य सबिता रसाइली,  केन्द्रिय सल्लाहकार परिषद सदस्य  नरेन्द्र राज वाग्ल, प्रदेश सदस्य कमल ढकाल, प्रदेश सल्लाहकार परिषद सदस्य  गिता हमाल, जिल्ला सदस्य  इन्द्र गुरुङ, मनिषा बि.क  लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा स्वागतग उपाध्यक्ष लोकनारायण श्रेष्ठ र सन्चालन सचिव तिर्थराज खनालले गरेका थिए ।