आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

इनरहिल क्लबद्वारा मृगौँला बिरामी कृष्णबहादुरलाई आर्थिक सहयोग


  • समाचार कुञ्ज
  • २०८० माघ १९, शुक्रबार मा प्रकाशित २ साल अघि
  • २८ पाठक संख्या
  • मृगौँला बिरामी कृष्णबहादुर बिक लाई इनरहिल क्लबले आर्थिक सहयोग गरेको छ । क्लबका अध्यक्ष प्रमिला श्रेष्ठले बुधबार तनहुँ तरङ्ग मिडियाका प्रधान सम्पादक सुरेश सेन्चुरीलाई रु दश हजार १ सय ९ रुपैया रकम हस्तान्तरण गर्नुभएको थियो । 

    तनहुँ जिल्ला बन्दिपुर गाउपालिका वडा नं १ का कृष्ण बिकको दुबै मृगौलामा समस्या रहेको र उपचार गर्न अार्थिक अबस्था कम्जोर भएको समचार  तनहुँ तरङ्ग मडियामा देखेपछी मिडियाकै प्र सम्पादक मार्फत उक्त रकम सहयोग गरेको श्रेष्ठले बताउनुभयो ।

    उहाँले यो ठुलो रकम नभएपनी उपचारका लागी आवस्यक रकममा केहि थप हुने भएकाले खुल्ला मनले उहाँलाई सहयोग गरेको बताउनुभयो ।श्रेष्ठले थोपा थोपा मिलेर सागर बन्छ भनेजस्तै हामिजस्ता धेरै संसस्थाले थोरै थोरै रकम सहयोग गर्यौ भनेपनी उहाँलाई उपचार गर्न पुग्ने रकम जुट्नसक्छ त्यसैले सबै संस्थाले मन खोलेर सहयोग गर्न अनुरोध गर्नुभएको थियो ।

    सोहि क्रममा बोल्दै क्लबका पूर्व अध्यक्ष निर्मला मल्लले तनहुँ तरङ्ग मिडियाले सार्वजानिक गरेको मृगौला पिडितको समस्या देखेपछी मन थाम्नै नसकेर क्लबमा कुरा राखेको र क्लबका दिदिबहिनिहरु सबैले दुखमा साथ दिनु हाम्रो कर्तव्य हो सहयोग गर्नुपर्छ भन्ने निर्णय भएलगतै सहयोग गरेको बताउनुभयो ।

    कार्यक्रमा क्लबका निवर्तमान अध्यक्ष शर्मिला श्रेष्ठ, पूर्व अध्यक्ष सरु श्रेष्ठ, पूर्व अध्यक्ष आशा बानियाँ, पूर्व अध्यक्ष मञ्जु थापा, उपाध्यक्ष नारायणी मल्ल, सचिव सिर्जना घिमिरे, कोषाध्यक्ष सविना श्रेष्ठ, सम्पादक सरु श्रेष्ठ, सदस्य बेन्जु श्रेष्ठ, सञ्जु जि सी लगाएतको उपस्थिति रहेको थियो ।

    इनरहिल क्लब अफ दमौली २०७२ सालमा सकारात्मक सोचको थालनी स्वयम आफैबाट गर्नुपर्दछ भन्ने उदेश्यका साथ दमौलीमा सक्रिय रुपमा समाजिक क्षेत्रमा काम गर्ने महिलाहरुले स्थापना गरेको संस्था हो । दमौलीमा यस संस्था सामाजिक कार्यमा निकै सकृय रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट