
समाचार कुञ्ज
तिर्थराज काफ्ले काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको कावासोती नगरपालिका निवासी स्वर्गीय मानबहादुर शदाशंकरको स्मृतिमा उनका छोरा राजु शदाशंकरले एक लाख एक हजार रुपैयाँ सहयोग गरेका छन्।
न्यू देवचुली सुनचाँदी पसलका सञ्चालकसमेत रहेका राजु शदाशंकरले स्वर्गीय बुबाको स्मृतिमा स्व. मानबहादुर शदाशंकर स्मृति अक्षयकोष स्थापनार्थ शिवशक्ति नवदुर्गा आध्यात्मिक प्रतिष्ठान, कावासोती–१५ लाई उक्त रकम सहयोग गरेका हुन्।
स्वर्गीय बुबाको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले गरिएको यस सहयोगप्रति शिवशक्ति नवदुर्गा आध्यात्मिक प्रतिष्ठान परिवारले राजु शदाशंकरसहित सम्पूर्ण परिवारजनप्रति आभार व्यक्त गरेको छ।
प्रतिष्ठान परिवारले सहयोगी परिवारको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।
धार्मिक तथा सामाजिक क्षेत्रमा अक्षयकोष स्थापनाका लागि गरिएको यस सहयोगले प्रतिष्ठानका गतिविधिलाई थप प्रभावकारी बनाउन सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस