आज: २०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

कालीगण्डकी पुलको तनहुँतर्फको एप्रोच सडक निर्माण आजदेखि सुरु हुने


  • समाचार कुञ्ज
  • २०८३ आश्विन २२, बिहिबार मा प्रकाशित १ हफ्ता अघि
  • २० पाठक संख्या
  • कालीगण्डकी नदीमाथिको मोटरेवल पुलको तनहुँतर्फको एप्रोच सडक निर्माण कार्य आजदेखि सुरु हुने भएको छ।

    अविरल वर्षाका कारण क्षतिग्रस्त पुलको नवलपुरतर्फको डेढगाउँतर्फको एप्रोच सडक निर्माण कार्य यसअघि नै सम्पन्न भइसकेको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले जानकारी दिएका छन्।

    उनका अनुसार तनहुँतर्फको एप्रोच सडक निर्माणको जिम्मेवारी सडक विभाग दमौलीले लिएको छ। निर्माण कार्य सुरु गर्न आवश्यक समन्वय भइरहेको उनले बताए।

    अध्यक्ष ओझाले दुवैतर्फको एप्रोच सडक निर्माण सम्पन्न गरी पुललाई यथाशीघ्र सञ्चालनमा ल्याउन निरन्तर पहल तथा समन्वय भइरहेको जानकारी दिएका छन्।

    पुल सञ्चालनमा आएपछि बौदीकालीसहित तनहुँ र नवलपुरका स्थानीयवासीको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑