आज: २०८३ श्रावण ६, बुधबार | Wed, 22, Jul, 2026

समाजसेवी, शिक्षाप्रेमी भट्टराईले बुबा दयाराम कँडेल,माता तुलसी कँडेलको स्मृतिमा पचीस हजार हस्तान्तरण


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ २१, सोमबार मा प्रकाशित २ साल अघि
  • ४१ पाठक संख्या
  • समाजसेवी, शिक्षाप्रेमी तथा बौदीकाली गाउँपालिका गाउँ शिक्षा समिति सदस्य आदरणीय श्री होम नाथ भट्टराई ज्यू र धर्मपत्नी श्री तिल माया भट्टराई ज्यूबाट विद्यालयले शैक्षिक उन्नयनका लागि स्थापना गर्ने भनेको The Club Hundred स्थापनार्थ रु २५,०००।- (पच्चीस हजार) बुबा दयाराम कँडेल र माता तुलसी कँडेलको स्मृतिमा आज एक कार्यक्रम साथ हस्तान्तरण गर्नु भएको छ। 

    ghiring

    ghiring

    बौदीकाली गाउँपालिका २ नम्बर वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक श्री श्याम सुन्दर श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री बाल प्रसाद ठाडा, शिक्षक अभिभावक संघ अध्यक्ष श्री यादव प्रसाद ओझा, वि. व्य. स. सदस्य श्री दण्डपानी कोइराला कोष अध्यक्ष श्री रूप नारायण ओझा, विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारी, विद्यार्थीहरुको उपस्थितिमा दाताहरुको सम्मान कार्यक्रम आयोजना गरिएको थियो। 

    सामुदियीक विद्यालय सवलीकरण र गुणस्तरीय शिक्षा सुनिश्चितता गर्ने सन्दर्भमा यहाँहरुले गर्नु भएको यो आर्थिक सहयोगको लागि विद्यालय परिवार तर्फवाट हार्दिक धन्यवाद र सम्मान व्यक्त गर्दछौं।  

    यहाँहरुको यो पुण्य कार्य युगौं युग सम्म अमर रहनेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट