
समाचार कुञ्ज विद्यालयमा राइट फर चिल्ड्रेन संस्था र बौदीकाली गाउँपालिकाको सहयोगमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने सन्दर्भमा विद्यालय सुधार कार्यक्रम सञ्चालन हुँदैछ। यसै अनुसार विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री बाल प्रसाद ठाडाको अध्यक्षतामा, बौदीकाली गाउँपालिका अध्यक्ष श्री प्रकाश ओझा ज्यूको प्रमुख आतिथ्यतामा र बौदीकाली 






गाउँपालिका २ नम्बर वडा अध्यक्ष तथा सामाजिक विकास संयोजक श्री श्याम सुन्दर श्रेष्ठज्यू तथा शिक्षा शाखा प्रमुख श्री जीवलाल भुसाल ज्यूको विशिष्ट आतिथ्यतामा साथै गाउँ शिक्षा समिति सदस्य श्री होमनाथ भट्टराई ज्यूको विशेष आतिथ्यतामा र सम्पूर्ण विद्यालय व्यवस्थापन समिति पदाधिकारी शिक्षक अभिभावक संघ पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक समेतको उपस्थितिमा आज मिति २०८१ जेष्ठ २४ गते कार्यशाला सञ्चालन भएको हो। 
विद्यालयले आगामी ४ वर्ष सहयोगी संस्था राइट फर चिल्ड्रेन र बौदीकाली गाउँपालिका सँग गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने सन्दर्भमा विभिन्न शैक्षिक तथा पूर्वाधार विकास क्षेत्रमा सहकार्य गर्नेछ।
कार्यक्रम सञ्चालनको लागि हाम्रो विद्यालय छनौट गर्नु भएकोमा बौदीकाली गाउँपालिका, शिक्षा शाखा र सहयोगी संस्था राइट फर चिल्ड्रेन संस्थालाई हार्दिक धन्यवाद छ।

प्रतिक्रिया दिनुहोस