आज: २०८३ श्रावण ६, बुधबार | Wed, 22, Jul, 2026

एक दिने अभिभावक शिक्षा कार्यक्रम सम्पन्न 


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ २७, आईतबार मा प्रकाशित २ साल अघि
  • ३२ पाठक संख्या
  • श्री डेढगाउँ माध्यमिक विद्यालय बौदीकाली – २, डेढगाउँ नवलपरासी (पूर्व) को आयोजनामा र राइट फर चिल्ड्रेन संस्थाको सहकार्यमा मिति २०८१ जेष्ठ २६ गते शनीबारको दिन एक दिने असल अभिभावकीय सिप सम्बन्धी अभिभावक शिक्षा कार्यक्रम सञ्चालन भयो । कार्यक्रममा विद्यालयको कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीहरुको अभिभावक सहभागी हुनुभएको थियो।

    ghiring

    ghiring

    कार्यक्रम कृष्ण गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बौदीकाली -२, डेढगाउँ खहरेको शभाहलमा सञ्चालन भएको थियो। कार्यक्रम शिक्षक अभिभावक संघ अध्यक्ष श्री यादव प्रसाद ओझाको शाभापतित्वमा र बौदीकाली गाउँपालिका अध्यक्ष श्री प्रकाश ओझाको प्रमुख अतिथ्यतामा तथा २ नम्बर वडा अध्यक्ष एवम् बौदीकाली गाउँपालिका

    सामाजिक विकास समिति संयोजक श्री श्याम सुन्दर श्रेष्ठको विशिष्ट आतिथ्यतामा र गाउँ शिक्षा समिति सदस्य श्री होमनाथ भट्टराईको विशेष आतिथ्यतामा सञ्चालन भएको थियो। कार्यक्रम राइट फर चिल्ड्रेन संस्थाका फिल्ड अधिकृत श्री विष्णु प्रसाद अधिकारीले सहजीकरण गर्नु भएको थियो।  तालिममा संस्थाका फिल्ड व्यवस्थापक सुर्य गैरे, बौदीकाली गाउँपालिका फिल्ड अफिसर श्री ऋषिराम पौडेलको उपस्थिति रहेको थियो । 

    अभिभावकहरुको उत्साहजनक उपस्थिति रहेको तालिम कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गंगा विश्वकर्माले स्वागत तथा धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो भने उद्घाटन सत्र विद्यालयका शिक्षक श्री युवराज चापागाईले सञ्चालन गर्नु भएको थियो। तालिम पस्चात अभिभावक तथा शिक्षक अभिभावक संघ सदस्य विमला सिंजाली, सुलोचन लम्साल र विद्यालय व्यवस्थापन समिति सदस्य सकुन्तला अधिकारीले तालिम कार्यक्रम पस्चात प्रतिकृया व्यक्त गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट