आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

राष्ट्रिय युवा संघ तनहुँको अध्यक्षमा तामाङ


  • समाचार कुञ्ज
  • २०८१ माघ २०, आईतबार मा प्रकाशित १ साल अघि
  • २९ पाठक संख्या
  • राष्ट्रिय युवा संघ तनहुँको अध्यक्षमा सुरेन्द्र तामाङ निर्वाचित भएका छन् । संघको शनिबार दमौलीमा सम्पन्न दशौं जिल्ला अधिवेशनबाट तामाङ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । शुक्लागन्डकी नगरपालिकाका तामाङ यस अघि संघको उपाध्यक्ष थिए । अधिवेशनले ४५ सदस्यिय जिल्ला कमिटि सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

    यस्तै उपाध्यक्षमा शिव आले, सचिवमा सन्तोष राना मगर, उपसचिवहरुमा विकास ढकाल र मनिराज थापा तथा कोषाध्यक्षमा सोमबहादुर तामाङ सर्वसम्मत चयन भएका छन् ।

    संघका अध्यक्ष मदन तिमिल्सेनाको अध्यक्षतामा आयोजित उक्त अधिवेशनको नेकपा एमालेका केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघका पुर्व केन्द्रिय अध्यक्ष एवं राष्ट्रिय युवा संघका इन्चार्ज राजिव पहारीले उद्घाटन गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट