आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

रानाभाट समाज घिरिङको अध्यक्षमा मोहन रानाभाट, 


  • समाचार कुञ्ज
  • २०८१ चैत्र ९, शनिबार मा प्रकाशित १ साल अघि
  • ३४ पाठक संख्या
  • समर रानाभाट , चैत्र ०९ 
    रानाभाट / भाट समाज नेपाल घिरिङ गाउँ कमिटिको छैटौ औं अधिवेशन शनिबार सम्पन्न भएको छ ।` हाम्रो प्रतिवद्धता सामाजिक सद्भाव एवम् रानाभाट / भाट बन्धुहरु बीच एकता ´ भन्ने मूल नारासहित स्थापना भएको रानाभाट / भाट समाज घिरिङ गाउँ कमिटिको  अध्यक्षमा  मोहन रानाभाट सर्वसम्मत  चयन हुनुभएको छ । 

    ghiring

    ghiring

    शनिबार सम्पन्न  समाजको ६ औं अधिवेशनले मोहन रानाभाटको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।, उपाध्यक्ष बृद्वि बहादुर रानाभाट , महिला उपाध्यक्षमा विष्णु माया रानाभाट , सचिवमा अस्मिता रानाभाट ,सह- सचिवमा ,पुर्ण माया रानाभाट , कोषध्यक्षमा विष्णु माया रानाभाट चयन हुनुभएको छ । 
    
 कार्यसमितिका अन्य सदस्यहरुमा अमृता रानाभाट, मदन रानाभाट,मन रानाभाट, होम बहादुर  रानाभाट,  श्रीमाया  रानाभाट र नानि माया रानाभाट,मिना रानाभाट  रहनुभएको छ ।

    रानाभाट/भाट समाज नेपालको स्थापना वि.स २०४९ सालमा भएको हो । अहिले घिरिङ गाउँपालिकामा  मात्रै १६० रानाभाटको घरधुरी र एक हजार भन्दा बढि  जनसंख्या रहेको छ । सोही कार्यक्रममा समाजभित्रका  ४ जना जेष्ठ नागरिक,  विभिन्न संघ संस्थाको अध्यक्ष पदमा रहनु भएका , सुर्य रानाभाट , विष्णु माया रानाभाट , विष्णु माया रानााट , टंक रानाभाट, लोक सेवा तर्फ शिक्षा अधिकृतमा सफल भएका बिजय रानाभाट, स्थानिय तहमा विजयी भएका  घिरिङ – ४ का वडा सदस्य मन बहादुर रानाभाट र घिरिङ -४ का पुर्व कार्यपालिका सदस्य धनकुमारी रानाभाटलाई सम्मान गरिएको थियो । 

    कार्यक्रमका  प्रमुख अतिथि समेत रहनुभएका समाजका केन्द्रिय सल्लाहकार मुरारी  रानाभाटले रानाभाट  जातीलाई संविधानमा सुचिकृत गर्नुपर्ने भन्दै इतिहासको ड्राफ्ट  राष्ट्रिय समावेशी आयोगमा समेत बुझाइएको बताउनुभएको छ । उहाँले सुचिकरणका  लागि अहिले रानाभाट समाज अन्तिम चरणमा पुगेको बताउनु भयो । केहीले क्षेत्री, केहीले ब्रामह्ण  जाती लेखिदिने गरेको  भन्दै रानाभाट/भाटहरुको आफ्नै ठोस  जातीय पहिचानका लागि केही समय अघि समाजले विज्ञप्ती समेत सार्वजनिक गरेको थियो ।

    कार्यक्रममा रानाभाट/भाट समाज नेपाल प्रदेश उपाध्यक्ष प्रेम बहादुर रानाभाट, जिल्ला अध्यक्ष  बेल बहादुर रानाभाट, उपाध्यक्ष सन्दिप रानाभाट , मन प्रसाद रानाभाट , विर बहादुर रानाभाट , रूक बहादुर रानाभाट , सुर्य रानाभाट, इन्द्रजित रानाभाटले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रममा रानाभाट/ भाट समाज नेपाल जिल्ला कार्य  समितिका सदस्य संसार रानाभाटले स्वागत मन्तव्य राख्नु भएको थियो भने घिरिङ गाउँ कमिटिका  अध्यक्ष टंक लाल   रानाभाटको  अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघ संस्थामा आबद्व रानाभाटको उपस्थिति रहेको थियो । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट