आज: २०८३ बैशाख ५, शनिबार | Sat, 18, Apr, 2026

इन्सेकले मानव अधिकार अभियानलाई जगाई राखेको छ : नीतु गर्तौला


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ १७, शनिबार मा प्रकाशित १0 महिना अघि
  • १५ पाठक संख्या
  • पोखरा । इन्सेकले मानव अधिकार अभियानलाई जगाई राखेको राष्ट्रिय मानव अधिकार आयोगका गण्डकी प्रदेशका प्रमुख नीतु गर्तौलाले बताउनु भएको छ । इन्सेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार समुहका पदाधिकारीका लागि क्षमता विकास तालिमको समुदघाटन सत्रमा उहाँले सो कुरा बताउनुभएको हो ।

    समुदायमा विभेदका घटनाहरु आइरहेका र पीडितलाई कानुनी रुपमा न्यायका लागि अधिकारकर्मीहरु सक्रिय हुनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । मानव अधिकार हननका घटनामा इन्सेक ले राज्यलाई ध्यानाकर्षण गराइरहेको र अभियानलाई निरन्तर रुपमा संचालन गरिरहेको उहाँले बताउनुभयो । गैरसरकारी संस्थाहरुले निरन्तर रुपमा मानव अधिकार प्रवर्द्धनका लागि काम गरिरहेका गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष गोपाल खडकाले बताउनुभयो ।

    नवलपुर र कास्की जिल्लामा इन्सेकद्वारा गठन गरिएको मानव अधिकार समुहका पदाधिकारीहरुलाई जेठ १७ र १८ गते क्षमता विकास तालिम गर्न लागिएको इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले जानकारी दिनुभयो । मानव अधिकार शिक्षा कार्यक्रम अन्तरगत विगत तिनवर्ष देखि नवलपुरको देवचुली र मध्यविन्दु नगरपालिका साथै कास्कीको मादी र माछापुच्छ्रे गाउँपालिकामा विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको जानकारी गराउँदै उहाँले स्थानीय समुदायलाई सचेत र जागरुक बनाउँदै मानव अधिकार प्रति स्थानीय सरकारलाई जिम्मेवार र जवाफदेही बनाउनका लागि कार्यक्रम संचालन हुँदै आएको बताउनुभयो । दुई दिनसम्म मानव अधिकारको अवधारणा र मानव अधिकारको लागि मानव अधिकारकर्मीको भुमिका, महिला अधिकार र कार्यान्वयनको अवस्था, अपांगता भएका व्यक्तिहरुको अधिकार, जातीय विभेद विरुद्धको अधिकार, शुशासन प्रवर्द्धनका लागि नागरिक समाजको भुमिका, नेतृत्व विकास लगायतका विषयमा सहजीकरण गरिने उहाँले बताउनुभयो ।प्रदेश मानव अधिकार संजालका गण्डकीका अध्यक्ष डिल्लीराम भण्डारीको अध्यक्षतामा भएको तालिमको समुदघाटन सत्रमा राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख नीतु गर्तौलाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष गोपाल खडका, महिला अधिकार कर्मी सवनम शर्मा, प्रदेश मानव अधिकार संजाल, पालिका मानव अधिकार समुहका पदाधिकारीको सहभागिता रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट