
समाचार कुञ्ज निराज रानाभाट, काठमाडौं । ‘हाम्रो प्रतिवद्धता, सामाजिक सद्भाव एवं भाटबन्धुहरुबीच एकता’ भन्ने मुल नारासहित स्थापना गरिएको रानाभाट / भाट समाज नेपाल केन्द्रीय कार्य समितिको ‘छैटौं केन्द्रीय महाधिवेशन – २०८३’ यहीँ जेठ २३ र २४ गते हुँदै छ । उक्त केन्द्रीय महाधिवेशन २ तहमा सम्पन्न गरिने छ, जसमा उद्घाटन सत्र ( व्यापक सहभागिताका साथ सम्पन्न गरिने छ ) र बन्द सत्र ( प्रतिनिधि मुलक रूपमा गरिने छ ) ।






समितिको ‘छैटौं केन्द्रीय महाधिवेशन’ तयारी बैठकबाट गरिएका निर्णयहरू ;
१. केन्द्रीय महाधिवेशन जेठ २३ र २४ गते गरिने,
२. केन्द्रीय अध्यक्षको नेतृत्वमा ५ सय १ सदस्यीय मुल आयोजक समिति गठन,
३. विभिन्न उप – समिति गठन ;
क. सह – आयोजक / कार्यव्यवस्थापन उप – समितिमा श्री बहादुर रानाभाटको संयोजकमा ११ सदस्यीय
ख. आर्थिक संकलन तथा लेखा व्यवस्थापन उप – समितिमा सूर्य बहादुर रानाभाटको संयोजकमा ७ सदस्यीय
ग. प्रचारप्रसार उप – समितिमा नरेन्द्र रानाभाटको संयोजकमा ११ सदस्यीय
घ . मञ्च व्यवस्थापन, खाना / खाजा तथा आवास व्यवस्थापन उप – समितिमा महेन्द्र रानाभाटको संयोजकमा ११ सदस्यीय
ङ. अतिथि स्वागत सत्कार उप – समितिमा प्रतिमा रानाभाटको संयोजकमा ७ सदस्यीय
च. यातायात व्यवस्थापन उप – समितिमा एकेन्द्र वञ्जराको संयोजकमा ५ सदस्यीय
छ. स्वयंसेवक परिचालन तथा व्यवस्थापन उप – समितिमा नारायण रानाभाट
ज. समन्वय सहजिकरण उप – समितिमा बाबुराम रानाभाटको संयोजकमा ५ सदस्यीय
४. प्रतिनिधि विधान अनुसार हुनेगरी पठाउने, भूगोल प्रतिनिधि १ सय जनसंख्या वरावर १ का दरले हुन आउने संख्या जिल्ला समितिले सिफारिस गरी महाअधिवेशन हुनभन्दा १ हप्ता अगाडि कार्यव्यवस्थापन समिति समक्ष विवरण पठाउनु पर्ने, पालिका कार्य समितिले सिफारिस गरी जिल्ला कार्य समितिको बैठकबाट निर्णय गरी प्रतिनिधि पठाउनु पर्ने ( प्रतिनिधि शुल्क रू. १,०००/- मात्र ),
५. नबिल बैक लिमिटेडमा रहेको खाता पुन:सुचारू गराउने,
६. देशभरका रानाभाट / भाट बन्धुहरूको सक्रिय उपस्थितिका लागि जिल्ला कार्य समितिहरूले आफ्ना जिल्लाबाट बढी भन्दा बढी सहभागिता गराउने जिम्मेवारी लिने र महाधिवेशनलाई भव्य तवरले सम्पन्न गर्न आफ्नो स्थानबाट भूमिका निर्वाहा गर्ने ।
यसैगरी, समितिको ‘छैटौं केन्द्रीय महाधिवेशन’ मा केन्द्रको विधानलाई मध्यनजर गर्दै केन्द्रका सल्लाहकारहरुसहित सम्पूर्ण कार्य समिति, हरेक प्रदेश कार्य समितिबाट ५ जना, हरेक जिल्ला कार्य समितिबाट ३ जना र भौगोलिक कार्यक्षेत्र, समाजमा पुर्याउनु भएको योगदान र लब्धप्रतिष्ठित व्यक्तिहरुको चाहनालाई ध्यानमा राखी सम्बन्धित निकाय, केन्द्र, प्रदेश, जिल्लाको सिफारिसका आधारमा प्रतिनिधिका लागि योग्य व्यक्तिहरूलाई प्रतिनिधिको रूपमा पनि सिफारिस गर्न सकिने र संस्थाको बन्देजलाई निरुत्साहित गर्दै लिइने भएको छ । साथै, केन्द्रीय कार्य समितिमा चयन हुन प्रत्येक प्रतिनिधिहरूलाई समान हक अधिकार भएतापनि उम्मेदवारी दिनुहुनेका लागि सम्बन्धित सिफारिस गर्ने निकायले केन्द्रीय कार्य समितिमा चयन हुन योग्य हुने व्यहोराको सिफारिस अनिवार्य हुनु पर्ने छ र प्रतिनिधि चयन सम्बन्धमा सोझै वा सञ्चार माध्यमबाट २०८३ जेठ २२ गते साँझ ६:०० बजेसम्म जानकारी गराउन पर्ने छ ।
‘छैटौं केन्द्रीय महाधिवेशन’ भने गण्डकी प्रदेशमा पर्ने कास्की जिल्लाको पोखरा महानगरपालिका -१७, विरौटास्थित रोयल महल ब्याङ्क्वेटमा आयोजना गरिदै छ ।
रानाभाट / भाट समाज नेपाल केन्द्रीय समितिले देशभरका समस्त रानाभाट / भाट बन्धुहरुमा उक्त महाधिवेशन भव्य – सभ्य र अनुशाशित रूपमा सम्पन्न गर्न – गराउन सक्रिय साथ भूमिका खेल्न हार्दिक आग्रह गरेको छ ।
‘छैटौं केन्द्रीय महाअधिवेशन’ का मूलभूत विषयवस्तु र भावी योजनाहरु ;
१. समाजको स्वीकृत विधानको अधिनमा रही समाजलाई वैधता प्रदान गर्ने नियमित विधिसम्मत प्रक्रियाको साथै एकताका छैटौं केन्द्रीय महाअधिवेशन हुने छ ।
२. समाज स्थापनादेखि पालिका, जिल्ला तथा केन्द्रीय कार्य समितिमा रहेर वा नरहेर समाजका विभिन्न विषयवस्तुहरूमा योगदान गर्नुभएका अग्रजहरूलाई सम्मानित, वर्तमान पिँढीलाई समाजप्रति अपनत्व गर्ने, सबैलाई समेट्दै गरी, संगठित समाज निर्माण यो महाअधिवेशनको मूल ध्येय रहने छ ।
३. समाजको लागि योगदान गर्नुभएका लब्धप्रतिष्ठित व्यक्तिहरुको चाहनालाई हेरी भौगोलिक कार्यक्षेत्र भित्रका सबै बन्धुहरूको उत्साहलाई ध्यानमा राखी पालिका, जिल्ला, प्रदेश, केन्द्रको अधिवेशनको लागि प्रतिनिधि योग्य विधानको मर्ममा विभेद नहुने गरी प्रतिनिधि जिल्लाको सिफारिस – पत्रसहित सहभागिता गर्न, गराउन सकिने छ । संख्याको बन्देजलाई निरुत्साहित गर्दै लगिने छ ।
४. सिफारिस हुनुभएका प्रत्येक प्रतिनिधिहरुलाई उच्च मूल्याङ्कन गर्दै, प्रमाणीकरण, नवीकरण परिचय – पत्र, डायरी, कलमसहितको रानाभाट / भाट समाज नीति कार्यक्रम वमोजिम प्रतिनिधि रानाभाट / भाट बन्धुहरूलाई टोपीसहित सामग्री उपलब्ध गराउने कार्यमा कार्यसम्पादन समिति क्रियाशिल रहने छ ।
५. प्रतिनिधि शुल्क रु. १,०००/- (एक हजार रुपैयाँ मात्र) प्रति सदस्य लिने अग्रिम निर्णयलाई पुनः लिपिबद्ध गरिने छ ।
६. केन्द्रीय कार्य समितिमा चयन हुनका लागि प्रत्येक प्रतिनिधिहरुको समान हक, अधिकार भएतापनि उम्मेदवारी दिने हकमा जुन जिल्ला, प्रदेश / केन्द्रबाट प्रतिनिधि सिफारिस भई आउनु भएकोवमोजिम सम्बन्धित निकायको आधिकारिक सिफारिस – पत्र अनिवार्य हुनु पर्ने छ ।
७. समय सापेक्षित अनुशासन मर्यादित रूपमा महाअधिवेशनमा सहभागी भई, महाअधिवेशन सम्पन्न गर्न, गराउन भूमिका खेल्नु हुने सबै प्रतिनिधिहरू, पालिका, जिल्ला, प्रदेश साथै सिङ्गो केन्द्रीय कार्य समितिको कर्तव्यको पुनः स्मरण गराउन यो कार्यसम्पादन समिति हार्दिक अनुरोध गर्दछ ।
८. देश तथा विदेश सबै स्थानबाट केन्द्रको रूपमा आन्तरिक अपनत्व कायम र गर्वका लागि काठमाडौं र सेरोफेरोमा भइरहेको हाम्रो जग्गालाई आवश्यक व्यवस्थापन गरी केन्द्रीय भवन निर्माण गर्ने अभियान, जग्गा व्यवस्थापन तथा भवन निर्माण समिति गठन गरी कार्यान्वयन गर्न यो महाअधिवेशन पश्चात् गठित समितिको मुल कार्य रहने कुरा थप पुष्टि गर्ने हैसियत रहनु पर्ने छ ।
९. विभिन्न स्थानमा निर्माण भएका घर, जग्गा वा निर्माणाधीन भवनहरूको कानुनी वैधता पुष्टि गर्न, निर्माण सम्पन्न तथा मर्मत सम्भार गर्ने पक्षमा दृढचित्त रहनु पर्ने छ ।
१०. पहिलो चरणमा काठमाडौं, भरतपुर, तनहुँ, नवलपुर, पोखरा, बुटवल, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, नेपालगञ्ज, कोहलपुर, धनगढी, अत्तरिया, महेन्द्रनगर जस्ता क्षेत्रलाई समेटी स्थानीय तहमा उपभोक्ता समिति गठन गरी आर्थिक स्रोत जुटाई रानाभाट / भाट समाजको नाममा एम्बुलेन्स सञ्चालन गर्ने उच्च महत्वाकांक्षी योजना समेत समावेश गराउन ।
११. विधान सम्वत समय सिमामा महाअधिवेशन गरी, नयाँ कार्य समितिलाई बागडोर हस्तान्तरण गर्ने परिपाटी बसाल्न २ वर्षभन्दा बढी कार्य अवधि लम्ब्याउने प्रचलनलाई निरुत्साहित गर्ने ।
१२. विभिन्न जिल्ला अनुगमन, सुपरिवेक्षण गरी हरेक रानाभाट / भाट समुदायमा दुःख, सुखमा साथ सहयोग गर्ने वातावरण हालसम्म रहिरहेको र यसलाई अझ बढी प्रभावकारी र बलियो महसुस गर्न सक्ने गरी सम्पादन गर्ने ।
१३. समाज सूचितकृतका लागि एवं प्रशासनिक, राजनीतिक चिनाजानी बढाउँदै पहुँच योग्य पक्षलाई प्रशिक्षित गरी हाम्रो अभियान सफल पार्न प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हाम्रो विषयमा राखिएका शब्दहरू सच्याउन एक कार्यदल गठन गरी बन्धुहरूको भावना वमोजिम अघि बढ्ने अनुशासत मर्यादारित र सम्मानित प्रतिष्ठित समाज निर्माण गर्न ।
१४. अहिलेसम्म समाजलाई यो अवस्थामा ल्याउन सहयोग गर्ने, जग्गा दान गर्ने, समाज सूचिकरणमा पहल गर्ने ईतिहास लेखन, आर्थिक स्रोत तथा राष्ट्रमा समाजलाई स्थापित गर्न पहल गर्ने पूर्वज, पूर्व कार्य समितिहरूको प्रेरणा र भावि पुस्तामा समाजको अपनत्व बारे सुझाउन ।
१५. नैरास्यता र बन्धुहरूको अन्तरमनमा अङ्कुराएको समाज प्रतिको आलस्यताको निरूपण गरी समाजका सदस्यहरूबीच उत्साह र गतिशील बनाउन ।
१६. हालसम्म औपचारिक रूपमा गठित जिल्ला समिति वा प्रदेश कार्य समितिले आफ्नो कार्यगतिलाई पुनः एक पटक प्रतिष्ठा बढ्ने गरी उठाउने प्रेरणा दिन प्रगति विवरण समिक्षा गर्ने वातावरण सृजना गर्न ।
१७. अहिलेसम्म समाजमा सक्रिय भई अतुलनिय योगदान पुर्याउने समाजका प्रतिष्ठित र उच्च ओहोदामा रहनु हुने महानुभावहरूलाई सबै पालिका, जिल्ला र प्रदेश कार्य समितिले २०८३ जेठ २३ र २४ गते भन्दा न्यूनतम १ दिन अगावै सम्बन्धित क्षेत्रको सिफारिससहित प्रतिनिधिको नाम, ठेगानासहित सिफारिस गरी महाधिवेशनको सफलताको लागि निम्न व्यक्तिहरूलाई सिधै सम्पर्क गरी जानकारी दिनुहुन र महाअधिवेशन सम्पन्न गर्न सम्मान गर्ने र यस्तो परम्परालाई निरन्तरता दिने कार्यमा सहभागी हुन समस्त बन्धुहरूमा हार्दिक अनुरोध गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस