आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

नवलपुर–२ का स्थानीय तहलाई २ अर्ब ३५ करोडभन्दा बढी बजेट विनियोजन


  • समाचार कुञ्ज
  • २०८३ जेष्ठ १६, शनिबार मा प्रकाशित २ दिन अघि
  • २२ पाठक संख्या
  • तिर्थराज काफ्ले कावासाेती
    नवलपुर निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका पाँच स्थानीय तहलाई आर्थिक वर्ष २०८३/८४ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत समानीकरण, सशर्त तथा विशेष अनुदान शीर्षकमा कुल २ अर्ब ३५ करोड २ लाख रुपैयाँ विनियोजन गरिएको छ।
    विनियोजित बजेटअनुसार कावासोती नगरपालिकाले सबैभन्दा बढी ६२ करोड ३९ लाख रुपैयाँ प्राप्त गरेको छ भने मध्यविन्दु नगरपालिकालाई ५६ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
    त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकालाई ४६ करोड ३५ लाख, हुप्सेकोट गाउँपालिकालाई ३७ करोड ९९ लाख तथा बौदीकाली गाउँपालिकालाई ३१ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।

    विनियोजित बजेट विवरण:
    मध्यविन्दु नगरपालिका – रु. ५६ करोड ५५ लाख
    कावासोती नगरपालिका – रु. ६२ करोड ३९ लाख
    बौदीकाली गाउँपालिका – रु. ३१ करोड ७४ लाख
    विनयी त्रिवेणी गाउँपालिका – रु. ४६ करोड ३५ लाख
    हुप्सेकोट गाउँपालिका – रु. ३७ करोड ९९ लाख
    कुल बजेट: रु. २ अर्ब ३५ करोड २ लाख।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट