आज: २०८३ जेष्ठ २०, बुधबार | Wed, 03, Jun, 2026

स्याङ्जाका विशाल रानाभाट ‘ मेरो भ्वाइस यूनिभर्स २ ’ को प्रतिस्पर्धामा 


  • समाचार कुञ्ज
  • २०८२ अषाढ २३, सोमबार मा प्रकाशित ११ महिना अघि
  • २६ पाठक संख्या
  • निराज रानाभाट, स्याङ्जा । स्याङ्जाका विशाल रानाभाट ‘ मेरो भ्वाइस यूनिभर्स २ ’ को प्रतिस्पर्धामा छन् । ‘ मेरो भ्वाइस यूनिभर्स – २ ’ को उत्कृष्ट १४ मा पर्न सफल स्याङ्जाका रानाभाटलाई थप अगाडिको यात्रामा बढाउन ‘ विशाल रानाभाट जिताऔँ अभियान ’ शुरु गरिएको छ । अबका चरणमा ५० प्रतिशत निर्णायक र ५० प्रतिशत दर्शकहरुको भोटका आधारमा अगाडिको यात्रा तय हुने भएकाले विशालको जन्म जिल्लामा उक्त अभियान शुरु गरिएको हो । विशालको प्रगतिको कामना गर्ने आफन्तजनहरुलाई समेत भोट गर्ने विधि र प्रक्रियाबारे जानकारी नभएकाले उक्त अभियान शुरु गरिएको हो । रकमको बलमा विशाल जस्ता प्रतिभा ओझेलमा पर्छन् कि भनेर शुभेच्छुकहरुलाई जानकारी गराउन अभियान थालिएको अभियन्ता किरण रानाभाटले बताए । 

    प्रतियोगीहरुलाई भोट गर्नका लागि आयोजकले मोबाइलको म्यासेज बक्सबाट एसएमएस र माइ इन्ट्रा एफ एप गरी २ तरिकाको व्यवस्था गरेको छ । विशाललाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर अंग्रेजी अक्षरको एमयुभी जिरो टु ( MVU 02 ) टाइप गरी ३७००० मा पठाउन सकिन्छ, भने अर्को तरिका मोबाइलको प्लेस्टोरबाट माइ इन्ट्रा एफ डाउनलोड गरी एक भोट निःशुल्क र आवश्यकतानुसार खरिद भोट पनि गर्न सकिने व्यवस्था छ ।

    नेपाल, भारत, दुबई, कतार, थाइल्याण्ड, अस्ट्रेलिया, जापान, पोर्चुगल, बेलायत, अमेरिका, हङकङलगायतका देशबाट विभिन्न अडिसनबाट छनौट भएका स्वनामधन्य प्रतिभामध्ये १४ जना उपाधिका लागि लडिरहेका छन् । विश्वभरका नेपाली प्रतिभाहरुलाई एकै मञ्चमा जोड्ने अभियान नेपाल टेलिभिजनबाट प्रसारित ‘ मेरो भ्वाइस युनिभर्स ’ इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिता हो । जसमा २३ वटा देशका नेपाली मूलका प्रतिभाशाली गायक तथा गायिकाहरूले सहभागिता जनाएका छन् । अडिसन राउण्ड विश्वका १३ वटा मुलुकमा सम्पन्न भएको थियो । नेपाल अडिसनमार्फत गायक विशाल रानाभाट छनोट भई अहिले भोटिङ राउण्डसम्म आइपुगेका छन् । उक्त रियालिटी शोका विजेतालाई १ करोडसहितका विभिन्न पुरस्कार प्राप्त गर्ने जनाइएको छ । यो रियालिटी शोले नेपाली गीत, संगीत र संस्कृतिलाई विश्वभर छरिएका नेपाली माझ फैलाउने उद्देश्य राखेको छ । फाइनल चरण ३२ एपिसोडमा सम्पन्न हुने छ, जहाँ उत्कृष्ट प्रतिभा खोजिने छ ।

    विशाल रानाभाटको अपिल ;
    गायक रानाभाट भन्छन् :
    “नमस्कार ! सम्पूर्णमा यहाँहरुको माया, साथ र समर्थनले म ‘ मेरो भ्वाइस युनिभर्स सिजन २ ’ को भोटिङ राउण्डसम्म पुग्न सफल भएको छु । अबको राउण्डमा तपाईंहरूको एक भोटले ठूलो अर्थ राख्ने छ । त्यसैले यो भन्दा अगाडि बढ्न यहाँहरुको माया सोरुप धेरै भन्दा धेरै भोट गरिदिन विनम्र अनुरोध गर्दछु । आगामी दिनहरुमा तपाईंहरूको माया, साथ र समर्थनको अपेक्षा गरेको छु ।”

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट