आज: २०८३ बैशाख ५, शनिबार | Sat, 18, Apr, 2026

बहुविवाह गर्न पाउने कानुन नल्याउन माग गर्दै नवलपुर प्रशासनमा ज्ञापन पत्र 


  • समाचार कुञ्ज
  • २०८२ श्रावण २०, मंगलबार मा प्रकाशित ८ महिना अघि
  • १७ पाठक संख्या
  • रामकुमार श्रेष्ठ 
    नवलपुर । अखिल नेपाल महासंघ संघ नवलपुरले नेपालमा सरकारले ल्याउन लागेको बहुविवाह गर्न पाउने कानुन नल्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय  नवलपुरमा ज्ञापन पत्र बुझाएका छन् । 
    अखिल नेपाल मििहला संघ नवलपुरका जिल्ला अध्यक्ष कोपिला पौडेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय गएको टोलीले नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेय मार्फत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो । देश भर उनीहरुले आज जिल्ला प्रशासन कार्यालय मार्फत कानुन मन्त्रालयमा ज्ञापन पत्र पठाएका छन् । 
    ज्ञापन पत्रमा अहिले ल्याउन लागेको कानुनी व्यवस्थाले महिला समानताको नाममा अमूकव्यक्तिहरुको अवाञ्छित इच्छा पुरा गर्ने देखिएको र महिलाहरुलाई सधै दासको रुपमा व्यवहास गर्न बाटो खुल्ला हुने जनाएको छ । 
    सरकारले कुनै विवाहित पुरुषको कुनै महिलासँग कारणबस सम्बन्ध रहन गएर गर्भ रहन गए त्यसलाई स्वतः विवाहको मान्यता दिने कानुन ल्याउन खोजेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट