
समाचार कुञ्ज तिर्थराज काफ्ले नवलपुर।
नेपाल विद्युत प्राधिकरण, गण्डकी प्रादेशिक कार्यालयका प्रमुख विक्रम कुमार अमात्यज्युले आज कावासोती वितरण केन्द्रको स्थलगत निरीक्षण गर्नुभएको छ।






निरीक्षणका क्रममा वितरण केन्द्र प्रमुख शिव नारायण गौशलीले प्रादेशिक प्रमुख अमात्यज्युलाई स्वागत गर्दै केन्द्रले सञ्चालन गरिरहेका विभिन्न गतिविधि र कार्यहरूको संक्षिप्त जानकारी गराउनुभयो।
प्रादेशिक प्रमुख अमात्यले वितरण केन्द्र र सबस्टेशन दुबैको अवलोकन गर्दै कर्मचारीहरूसँग प्रत्यक्ष कुराकानी गर्नुभएको थियो। सो अवसरमा उहाँले सेवाको गुणस्तर सुधार, विद्युत चुहावट नियन्त्रण, उपभोक्ता सन्तुष्टि र आन्तरिक समन्वयमा थप सुधार गर्नुपर्नेमा जोड दिनुभएको थियो।
उहाँले कर्मचारीहरुलाई कार्यप्रति प्रतिबद्ध रहँदै दक्षता र पारदर्शिता बढाउन सुझाव समेत दिनुभयो।

प्रतिक्रिया दिनुहोस