
समाचार कुञ्ज नवलपरासी (पूर्व), गैडाकोट नगरपालिकाको हर्कपुर–बेल्डिहा सडक खण्डमा आज पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना भएको छ।
प्राप्त जानकारी अनुसार, ना १६ च २३२५ नम्बरको हाईलक्स गाडी बेल्डिहाबाट हर्कपुर तर्फ आउँदै गर्दा मानपुरबाट हर्कपुर चोकतर्फ टर्निङ गर्दै गरेको बा.प्र.०६ ००२ प ८२६० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
घटनामा मोटरसाइकल चालक, गैडाकोट न.पा.१३ उत्तम चोक बस्ने ३२ वर्षीय राजु पुन र पछाडि सवार ४० वर्षीय मणी रजाली घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।
सवारी प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस