आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

गएराति दाउन्नेमा तीनवटा बस र एउटा मोटरसाइक दुर्घटनामा परि ९ जना घाईते


  • समाचार कुञ्ज
  • २०८२ फागुन २७, बुधबार मा प्रकाशित १ महिना अघि
  • ३८ पाठक संख्या
  • फागुन २७, कावासोती ।

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने क्षेत्रमा गएराति भएको सवारी दुर्घटनामा नौ जना घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक युपी २१ बीटी २७९१ नम्बरको भारतीय कन्टेनर अनियन्त्रित भई तीनवटा बस र एउटा मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

    कन्टेनरले काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–००१ ख ११९२ नम्बरको बस, बुटवलबाट चितवनतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००२प ९५७० नम्बरको मोटरसाइकल, काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०८२२ नम्बरको बस तथा भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु २ ख २४७५ नम्बरको बसलाई ठक्कर दिएको प्रहरीले बताएको छ ।

    दुर्घटनामा मोटरसाइकलमा सवार कालिकोटको रास्कोट नगरपालिका–६ का ३० वर्षीय अमर कार्की र २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छन्।

    त्यसैगरी बसमा सवार रोल्पा स्मृति गाउँपालिका–४ का ४४ वर्षीय शंकर बिष्ट, रामेछाप मन्थली नगरपालिका–१२ का ३४ वर्षीय विनोद कुमार अछामी, रोल्पा नगरपालिका–४ लिवाङका ४७ वर्षीय उदीराम बिष्ट, धरान–१५ का ३० वर्षीय नाम्नु हाङ राई, रोल्पा नगरपालिका–२ का २४ वर्षीय दर्शन पोख्रेल, सुनसरी नगरपालिका–५ का ३४ वर्षीय चन्द्र सिंह थापा तथा प्युठान स्वर्गद्वारी नगरपालिका–७ का ६० वर्षीय यज्ञप्रसाद भुषाल घाइते भएका छन्। घाइतेको डण्डा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट