आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

संसद गौतम बुलिङ्गटार नेटवर्क समस्या लिएर टेलिकम पुगे


  • समाचार कुञ्ज
  • २०८२ चैत्र १, आईतबार मा प्रकाशित १ महिना अघि
  • ७० पाठक संख्या
  • तिर्थराज काफ्ले
    नवलपुर
    नवलपुर निर्वाचन क्षेत्र नम्बर १ का माननीय राजन गौतम ले बुलिङ्गटार क्षेत्रमा देखिएको मोबाइल नेटवर्क समस्याको समाधानका लागि पहल गरेका छन्।
    घरदैलो कार्यक्रमका क्रममा बुलिङ्गटार गाउँपालिका का स्थानीय बासिन्दाले मोबाइल नेटवर्क कमजोर भएको गुनासो गरेपछि उनले उक्त समस्यालाई प्राथमिकतामा राख्दै काठमाडौँस्थित नेपाल टेलिकम को केन्द्रीय कार्यालय पुगेर सम्बन्धित अधिकारीहरूसँग छलफल गरेका हुन्।
    माननीय गौतमले “मन्त्री बन्ने भन्दा पनि जनताको विश्वास जोगाउने काम मेरो पहिलो प्राथमिकता हो। जिम्मेवारी जता भए पनि म इमान्दार भएर जनताको काम गर्न प्रतिबद्ध छु,” भन्ने धारणा व्यक्त गरेका छन्।
    बुलिङ्गटार क्षेत्रमा सञ्चार सेवा कमजोर हुँदा स्थानीय बासिन्दालाई दैनिक कामकाज, सूचना आदान–प्रदान तथा आपतकालीन अवस्थामा समेत समस्या भइरहेको भन्दै उनले छिटो समाधानका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
    नेपाल टेलिकमका अधिकारीहरूसँग भएको छलफलमा उक्त क्षेत्रमा नेटवर्क विस्तार तथा सेवा सुधारका विषयमा सकारात्मक पहल गर्ने आश्वासन प्राप्त भएको उनले बताएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट