आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

मध्यविन्दुमा कक्षा ८ को परीक्षा सुरु, पहिलो दिन ५ जना विद्यार्थी अनुपस्थित


  • समाचार कुञ्ज
  • २०८२ चैत्र ८, आईतबार मा प्रकाशित ३ हफ्ता अघि
  • ३८ पाठक संख्या
  • रुपा राना , ८ चैत्र २०८२ , आइतबार l
    मध्यविन्दु नगरपालिकामा आधारभूत तह स्तरीय (कक्षा ८) को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ। परीक्षा नगरपालिकाभित्र रहेका ८ वटा परीक्षा केन्द्रमार्फत सञ्चालन भइरहेको छ।
    यस वर्ष परीक्षाका लागि ९६२ जना विद्यार्थीले आवेदन फारम भरेका थिए। पहिलो दिन सञ्चालन गरिएको गणित विषयको परीक्षामा ९५७ जना विद्यार्थी उपस्थित भएका छन् भने ५ जना विद्यार्थी अनुपस्थित रहेका छन्।
    कुमारवर्ती माध्यमिक विद्यालय मध्यविन्दु २ कोल्हुवामा ११९ जना विद्यार्थी उपस्थित र १ जना विद्यार्थी अनुपस्थित रहेका थिए l यस्तै दुर्गा आधारभूत विद्यालय, मध्यविन्दु ६ टाँडीमा ८० जना विद्यार्थी उपस्थित र २ जना विद्यार्थी अनुपस्थित रहेका थिए l यस्तै नवजागरण माध्यमिक विद्यालय मध्यविन्दु ७ चोरमारामा १२४ जना विद्यार्थी उपस्थित र १ जना विद्यार्थी अनुपस्थित रहेको शिक्षा युवा तथा खेलकुद महाशाखाका शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीले जानकारी दिनुभयो l
    यस्तै नेपाल ग्रीन भ्याली बोर्डिङ स्कूल मध्यविन्दु ८ मा शत प्रतिशत १४४ जना विद्यार्थी उपस्थित, नेपाल लोकसेवा माध्यमिक विद्यालय, बसन्तपुर ७८ जना विद्यार्थी उपस्थित, १ जना विद्यार्थी अनुपस्थित, जनता माध्यमिक विद्यालय, टांडी अरुणखोलामा १९० जना विद्यार्थी उपस्थित, १ जना विद्यार्थी अनुपस्थित, सरस्वती आधारभूत विद्यालयमा १०० उपस्थित, अरुणखोला इंग्लिश बोर्डिंग स्कुलमा १२६ उपस्थित रहेको पनि शिक्षा अधिकृत रेग्मीले बताउनुभयो l
    समग्रमा, आवेदन दिएका ९६२ जना मध्ये ९५७ जना परीक्षामा सहभागी भएका छन् भने ५ जना अनुपस्थित रहेका छन् l मध्यबिन्दु नगरपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीका अनुसार परीक्षा चैत ८ गतेदेखि चैत १६ गतेसम्म सञ्चालन हुने छ। परीक्षाको तालिका अनुसार सोमबार ( भोलि ) नेपाली विषयको परीक्षा सञ्चालन गरिनेछ।
    नगरपालिकाले परीक्षा व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जनाएको छ l

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट