आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

जन्मदिनको अवसरमा मिर्गौला पीडितलाई सहयोग


  • समाचार कुञ्ज
  • २०८२ चैत्र १४, शनिबार मा प्रकाशित २ हफ्ता अघि
  • ४६ पाठक संख्या
  • भिमाद नगरपालिका वडा नं. १, किहुँ काउले निवासी हरि माया सार्की विगत २ वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छोडेपछि हप्तामा दुई पटक डायलिसिस गरेर कष्टकर जीवन बिताइरहनु भएको छ। पारिवारिक अवस्था कमजोर रहेको र ऋणधन गरेर अहिलेसम्म उपचारमा करिब २० लाख रुपैयाँ खर्च भइसकेको तथा अब उपचार रोकिने अवस्था आएको भन्दै बिरामीले गुनासो गर्नुभएको छ।

    भिमाद नगरपालिका वडा नं. ७, पुरानो बजार निवासी तथा भिमाद बजारको ठाडो लाइनस्थित भारम स्वास्थ्य क्लिनिकका सञ्चालक हरि थापा भगवानसरह सहयोगी बनेर आउनुभएको छ। उहाँले आफ्नो छोरा योहान्स थापाको जन्मदिनको अवसरमा मिर्गौला पीडित हरि माया सार्कीलाई रु ५,५५५ सहयोग प्रदान गर्नुभएको छ।

    सहयोगी मनका धनी हरि थापाले लामो समयदेखि विभिन्न बिरामीहरूलाई बाबुको वार्षिकी तथा आफ्नो जन्मदिनका अवसरमा निरन्तर सहयोग गर्दै आउनुभएको छ।बिमारिको सहयोगका लागि ९७०७७९३७३१

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट