आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

नवलपुरमा वैशाख २ देखि आर्थिक गणना सुरु, असार ७ सम्म सञ्चालन हुने


  • समाचार कुञ्ज
  • २०८२ चैत्र १७, मंगलबार मा प्रकाशित २ हफ्ता अघि
  • ४४ पाठक संख्या
  • नवलपुर । जिल्लामा आगामी वैशाख २ गतेदेखि आर्थिक गणनाको कार्य सुरु हुने भएको छ। असार ७ गतेसम्म जिल्लाभर आर्थिक गणनाको काम सञ्चालन हुने जिल्ला आर्थिक गणनाको कार्यालय नवलपुरले जनाएको छ।

    राष्ट्रिय स्तरमा सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गतका जिल्ला आर्थिक गणना कार्यालयमार्फत विभिन्न आर्थिक गतिविधिसम्बन्धी विवरण संकलन गरिनेछ।

    आर्थिक गणनाका लागि खटिएका गणकहरू हरेक प्रतिष्ठान, उद्योग, व्यवसाय तथा अन्य आर्थिक एकाइहरूमा पुगेर आवश्यक तथ्याङ्क संकलन गर्ने जनाइएको छ। यस गणनामा जिल्लाभित्र सञ्चालनमा रहेका सबै प्रकारका आर्थिक एकाइहरूको विवरण संकलन गरिनेछ।

    नेपालमा पहिलो आर्थिक गणना २०७५ सालमा गरिएको थियो। आर्थिक क्षेत्रका विभिन्न तथ्याङ्क संकलन गरी विश्वसनीय नीति निर्माण, योजना तर्जुमा, विकासको लक्ष्य प्राप्ति, रोजगारी सिर्जना तथा राष्ट्रिय अर्थतन्त्रमा आर्थिक एकाइहरूको योगदान मापन गर्न आर्थिक गणना महत्वपूर्ण हुने कार्यालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट