
समाचार कुञ्ज कावासोती
नवलपुर उद्योग वाणिज्य संघ, नवलपुरको प्रथम बैठक संस्थाका अध्यक्ष बुद्धिसागर पोख्रेल (सागर)को अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले संघका गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको संघका महासचिव रमेश अधिकारीले दिनुभएको छ ।
बैठकले आर्थिक बर्ष ०८२÷०८३ मा नविकरण भएका र नयाँ सदस्यता लिने संघका साधारण सदस्यहरूको बिमा गरिने भएको छ । यसले सदस्यहरूको सुरक्षा र हितलाई प्राथमिकतामा राखेको संकेत गरेको जनाईएको छ ।
त्यसैगरी, बजार क्षेत्रमा पार्किङ व्यवस्थापनलाई सुव्यवस्थित बनाउन बरिष्ठ उपाध्यक्ष बालकृष्ण पाण्डेको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ । बजार बन्दलाई एकरूपता दिन संघका प्रथम उपाध्यक्ष गोविन्द क्षेत्रीको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ।
यस्तै, दितीय उपाध्यक्ष दिपकचन्द्र भट्टराईको संयोजकत्वमा क्यालेण्डर प्रकाशन समिति गठन गर्ने निर्णय पनि गरिएको महासचिव अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि खुल्ला तर्फ डासुराज पोख्रेललाई र गण्डकी प्रदेश भुगोल तर्फ पूर्व अध्यक्ष ओमप्रसाद पौडेललाई पठाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस