आज: २०८३ बैशाख ५, शनिबार | Sat, 18, Apr, 2026

उद्योग वाणिज्य संघको संयुक्त कार्यशाला गोष्ठी सम्पन्न


  • समाचार कुञ्ज
  • २०८३ बैशाख ५, शनिबार मा प्रकाशित ५ मिनेट अघि
  • १३ पाठक संख्या
  • कावासोती

    नवलपुर उद्योग वाणिज्य संघ, नवलपुर र मध्यविन्दु उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा संस्थागत विकास तथा व्यवसायीहरूको व्यापारिक प्रवर्द्धनका लागि परियोजना निर्माण गर्ने उद्देश्यले एकदिने संयुक्त कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

    गोष्ठीमा सहमतिका पूर्व अध्यक्ष करुणसागर सुवेदी तथा रत्ननगर उद्योग वाणिज्य संघका पूर्व प्रमुख कार्यकारी निरज श्रेष्ठले सहजीकरण गर्नुभएको थियो।

    कार्यक्रममा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धिसागर पोख्रेल (सागर)ले नवलपुर उद्योग वाणिज्य संघ र मध्यविन्दु उद्योग वाणिज्य संघका लागि प्रस्तावित परिकल्पना निर्माणका उद्देश्यले कार्यशाला आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले नवप्रवर्तन, लगानी तथा सार्वजनिक–निजी क्षेत्रबीच सहकार्य प्रवर्द्धन गर्दै नवलपुरलाई दिगो, समावेशी र समृद्ध आर्थिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित गोष्ठी सम्पन्न गरिएको बताउनुभयो।

    त्यसैगरी, मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष किरणकुमार श्रेष्ठले कार्यशालाले दुवै संघअन्तर्गतका उद्योगी, व्यवसायी तथा व्यापारीहरूको व्यावसायिक संरक्षण र प्रवर्द्धनका लागि प्रभावकारी योजना निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    कार्यशालामा दुवै उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य, पूर्व अध्यक्ष तथा लेखा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट