आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

गीतकार नेपाल रानाभाटको ‘सायद मैले सकिनँ कि…’ को म्युजिक भिडियो सार्वजनिक


  • समाचार कुञ्ज
  • २०८३ बैशाख १४, सोमबार मा प्रकाशित १ महिना अघि
  • ५२ पाठक संख्या
  • निराज रानाभाट, कास्की । गीतकार नेपाल रानाभाट ‘सुबोध’ को ‘सायद मैले सकिनँ कि…’ बोलको नयाँ गीतको म्युजिक भिडियो आज सार्वजनिक गरिएको छ । उक्त गीतमा गीतकार स्वयम् रानाभाटको संगीत रहेको छ, भने गायिका रचना रिमाल र गायक भीम लिम्बूको स्वर रहेको छ । त्यस्तै, उक्त म्युजिक भिडियोमा रमेश तिमिल्सिना, सरिता दानकुटी र नेपाल रानाभाट ‘सुबोध’ को अभिनय रहेको छ । उक्त म्युजिक भिडियोको निर्देशन परिवर्तनले गरेका हुन्, भने सहायक निर्देशनमा उत्सर्ग सुवेदी रहेका छन् ।

    यसैगरी, उक्त गीतको एरेन्जमा देबेश राई तथा रेकर्डिष्टमा योगेन राई रहेका छन्, भने गीतको भिडियो सम्पादन / कलर कबिर गुरुङले गरेका छन् । उक्त गीतको निर्मातामा सौगतदिप रानाभाट रहेका छन् । उक्त गीतको भिडियो ओएसआर डिजिटल युट्युबमा हेर्न सकिन्छ ।

    नेपाल रानाभाट शैक्षिक प्रशासनका क्षेत्रमा क्रियाशीलसँगै आफूभित्रको सिर्जनशीलतालाई सुन्दर ढङ्गले प्रस्तुत गरिरहेका छन् । रानाभाटले गीतमा समाजको कथा समेट्ने प्रयास गरेको भन्दै भिडियोले गीतलाई न्याय गरेको अनुभूति सुनाए । शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका तालिम प्रमुखसमेत रहेका रानभाट यसअघि करिब १ दर्जन गीत रेकर्ड भएका छन् । रानाभाटको ‘समयका स्वरहरू’ नामक मुक्तक सङ्ग्रह पनि प्रकाशित छ । रानाभाटकै रचनामा केही समयअघि सार्वजनिक भएको ‘तिम्रो माया फूल जस्तै बसायो…’ बोलको गीतको म्युजिक भिडियो निकै लोकप्रिय बनेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट