
समाचार कुञ्ज तनहुँ, १४ ,बैशाख,
तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर -४ अवस्थित रहेको श्री कृष्ण गंगा आधारभूत विद्यालयमा बाल क्लब गठन भएको छ । शिक्षा युवा तथा खेलकुद शाखाको निर्देशन अनुसार कृष्णगंगा बाल क्लबको अध्यक्षमा मनसुन सोमै चयन भएका छन् । सोमैको अध्यक्षतामा ९ सदस्य रहेको बाल क्लब गठन गरिएको छ । क्लबको उपाध्यक्षमा अस्मिता नेपाली , सचिवमा अन्नजना थापा, कोषाध्यक्षमा सम्झना राना चयन भएका छन् ।






त्यसैगरी सदस्यहरूमा सुनिका थापा, आयुष थापा,कृष्ण नेपाली ,रिता थापा , रूपक नेपाली लगायतका चयन भएका संरक्षण शिक्षिका पवित्रा रानाभाट जानकारी दिनुभयो । यसरी गठन भएका बाल क्लबहरूले समन्वय गरेर बालबालिकाको क्षेत्रमा कार्यक्रम गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस